जब उज्यालोले छाडी अँधेरी छाउँछ
तब, रातलाई साथ दिन जुन आउँछ
म रातभन्दा पनि एक्ली छु,
रातसँग त जुन छ,
असङ्ख्य ताराहरू छन्
मसँग छ त केवल
केही थान तिम्रा यादहरू
अनि एक्लोपन
सर्वत्र संकटको कालो बादल छाएको बेला
कोही पैसाले मात्तिएको छ
गरीबका चुलामा आगो बलेको छैन
तर पनि
माहोल तात्तिएको छ
युवाहरू एक भई जुटेका छन्
आज क्वारेन्टाइनमै मर्न पर्ने अवस्था आयो
त १० अर्ब खै ?