Skip to content

ध्रुव रिजाल

एस.एल.सी यात्रा

‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’

“लौ तेरो रिजल्ट आएछ । अब पास भैहाल्लास क्यार कुन डिभिजनमा हो त्यै थाहा पाउने त होला नि । अहिले थाहा पाउने केही उपाय छैन, भोलि बिहान दुध लिएर तँ बजार जा, म चाहि गोरु लिएर खेतमा जाउँला ।

अरिंगालको हमला

“कान्छा सन्चै छस”
मैले दुइ हात लगाएर आँखाका दुइ परेला तल माथि सारेर हेँरे ।
“तेरीमा डाँका,”
उठेर दुइ झापड रन्काइदिम झै भाथ्यो तर गल्ती मेरो आफ्नै पनि त थियो । मन शान्त पारेर ज्वरोले रन्थनियको जीउलाई सुकुलमा थन्क्याँए ।

स्कुलमा बर्खे विदा थियो । घरका ठूला मान्छे रोपाइमा व्यस्त हुँदा हामि भुराभुरीहरु गाई बाख्रा चराउन जान्थ्यौ । हाम्रो टोलभरीका आठ, नौ जना गोठालो जान्थ्यौ । मुसेटाकुरा गोठालाहरुको केन्द्र थियो । जुन घरकाले गाई बाख्रा अगाडी लगेपनि मुसेटाकुरामा रोक्नु पर्थ्यो । सबै घरका गाई बाख्रा आइसकेपछि मात्र जंगल भित्र लग्थ्यौ ।