Skip to content

padam basnet (admit)

जिन्दगीमा

दुःख लुकाई कृत्रिम हाँसो हाँस्नु पर्छ जिन्दगीमा
थुँगा थुँगा खोजी माला गाँस्नु पर्छ जिन्दगीमा

यात्रा गर्दा जँघार तर्दा छरिन्छन् केही सपना
पत्र पत्र भेला गरी टाँस्नु पर्छ जिन्दगीमा