दुःख लुकाई कृत्रिम हाँसो हाँस्नु पर्छ जिन्दगीमा
थुँगा थुँगा खोजी माला गाँस्नु पर्छ जिन्दगीमा
यात्रा गर्दा जँघार तर्दा छरिन्छन् केही सपना
पत्र पत्र भेला गरी टाँस्नु पर्छ जिन्दगीमा
रहरलाग्दो बैंश पनि विचारसँगै वरालिन्छ
कुत्सित् सोच मन भित्रै मास्नु पर्छ जिन्दगीमा
छेक्छन् बाटो हाल्छन् बाधा रोक्न सक्छु पाइला भनी
त्रसित् पार्न ठुलो स्वरमा बास्नु पर्छ जिन्दगीमा
उज्यालो हो सफलता यथार्थ यो जिन्दगीको
अन्धकार छाउँछ कुनै नास्नु पर्छ जिन्दगीमा
