Skip to content

डा. रामप्रसाद ज्ञवाली

“चामल खानेहरू र चौलानी पिउनेहरू” मा जीवनबोध र सकारात्मक सोचका कविता छन्

missing
Cover page of Porridge Eaters and Gruel Drinkers / चामल खानेहरू र चौलानी पिउनेहरू

जनमत प्रकाशन काभ्रेबाट प्रकाशित सन्तोष लामिछानेका कविताहरूको कम्प्युटराइज्ड सामग्री हात परेपछि सबैभन्दा पहिले मेरा आँखा गए किताबको नाममा— ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ । शीर्षक पढ्नासाथ मेरो मनमा दुई वर्गका बिम्बहरू उपस्थित भए— हुनेखाने वर्ग र हुँदा खाने वर्ग । हुनेखाने वर्गको बिम्बमा चामल खानेहरू र हुँदा खाने वर्गको बिम्बमा चौलानी पिउनेहरूलाई देखेँ । यी बिम्बले प्रतीकात्मक अर्थ सम्प्रेषण गरे जस्तो लाग्योस नेपाली समाजको वर्गीय स्वरूपतिर सङ्केत गरे जस्तो लाग्यो । कविता सङ्ग्रहको शीर्षक ध्वन्यात्मक प्रकृतिको हुनु उचित नै हो किनभने साहित्यका अन्य विधाको भाषाशैलीभन्दा कविताको भाषाशैली अलि बेग्लै हुन्छ— लयात्मक, बिम्बात्मक, प्रतीकात्मक, आलङ्कारिक र ध्वन्यात्मक । नामकरणमा मैले त्यस्तै भाषाशैली भेटेँ । त्यसैले कविताहरू पढ्न बाँकी नै भए पनि प्रारम्भिक अनुमान गरेँ— यसभित्रका कविताहरू वर्गीय भिन्नतालाई सम्बोधन गर्ने खालक होलान्स कलात्मक भाषाशैलीमा तयार पारिएका होलान् ।