बाहुनीहरु
हेरन, आज आउदा आउदै ढिलो भयो ! कति ढिलो हो त नि ?? बल्ल यसबेला पुगेको ? हो त गाडीको जाम अनि प्राइवेट जागिर ! भर्खर घर आएर लग इन गरेको ! के गर्दै नि तिमि ? म समाचार सुनीरा ! अनि अघि फोन गर्दा किन न उठाको नि कत्तिन व्यस्त मान्छे जस्तो के नाटक पनि ? किन भन्नु ,मलाइ मान्छेको भिडमा लाज लाग्छ नि कुरा गर्न ! त्यो पनि फेरी केटी मान्छे संग ! अनि किन सुनेको त समाचार ? मेरो खबर त आउने गरको छैन समाचारमा !कि आउछ आजकाल ? मैले जिस्क्यौंदै भने ! पर्या छैन त्यस्ता बेवारिशे मान्छेको समाचार सुन्न ! कत्तिन हजुरको ख्याल गर्ने मान्छे भन्ठानेको होला ! गर्दिन म त कसैको ख्याल स्याल आजकाल !
