Skip to content

nrnkrl

बाहुनीहरु

हेरन, आज आउदा आउदै ढिलो भयो ! कति ढिलो हो त नि ?? बल्ल यसबेला पुगेको ? हो त गाडीको जाम अनि प्राइवेट जागिर ! भर्खर घर आएर लग इन गरेको ! के गर्दै नि तिमि ? म समाचार सुनीरा ! अनि अघि फोन गर्दा किन न उठाको नि कत्तिन व्यस्त मान्छे जस्तो के नाटक पनि ? किन भन्नु ,मलाइ मान्छेको भिडमा लाज लाग्छ नि कुरा गर्न ! त्यो पनि फेरी केटी मान्छे संग ! अनि किन सुनेको त समाचार ? मेरो खबर त आउने गरको छैन समाचारमा !कि आउछ आजकाल ? मैले जिस्क्यौंदै भने ! पर्या छैन त्यस्ता बेवारिशे मान्छेको समाचार सुन्न ! कत्तिन हजुरको ख्याल गर्ने मान्छे भन्ठानेको होला ! गर्दिन म त कसैको ख्याल स्याल आजकाल !

नबोल्नेलाई बोलाउँदा पो

बोल्नेलाई त के नबोल्नेलाई बोलाउँदा पो
उसको नजरअन्दाजमा आफैंमा टोलाउँदा पो

जे सुकै होस् उनको भाव, सबै अब स्वीकार छन्
उनका ती भावहरू यी मनमा घोलाउँदा पो

जेठी केटी

“खा न ! के हेर्दैछस् ? यो त नखाई नखाई हो के यस्तो सुकेको ! टन्न खानु, मजाले सुत्नु । किन लिने अनावश्यक तनाब ?”

“कहाँ मैले तनाब लिनु ? म त सोचिराको छु ।”

“खाने बेलामा नि किन सोच्ने त ? खा खुरुखुरु ।”

मीरा

हो मीरा अब म बोलाउँदिन । थाहा छ गहारो छ तर पनि म बोलाउदिन ।

कसैप्रति म यति नजिक भएको यो नै पहिलो पटक होइन । तर पनि मैले मेरो परिधि बिर्सेको छैन । मलाई मेरो सीमा थाहा छ र विश्वास गरमा त्यो सीमाना नाघ्ने छैन । र, हो तिमीबाट पनि भाग्ने छैन । भन्नलाई त यहाँ सबथोक छ, कमी छ त केवल एउटा साथ । एउटा हात जो सधैं सधैलाई एक अर्काको सहारा बन्ने छन्, हाँस्नेछन् रुनेछन् अनि कहिले अँझ नजिक त कहिले अलिक टाढा हुनेछन ।

तिम्रो प्रेमलाई म के भनुँ?

तिम्रो त्यो प्रेमलाई म के भनुँ
मूल्य केही दिउ कि सस्तो मै गनुँ
तिम्रो त्यो प्रेमलाई म के भनुँ

कैलेकाहीं पलपलको खबर माग्छौ तिमी
कैलेकाहीं नजरबाटै दूर भाग्छु तिमी
तिम्रो त्यो मनलाई म के भनुँ
पराइ नै भनू कि आफन्तैमा गनुँ?

मन मर्दा नै बेश हुन्छ

मन अलि कोमल
अलि चंचल
अलि पागल
भावुक कहिले अनि
कैले अलि नाजुक
रुन्छ यो
खुसी हुन्छ यो
आफैसँग कुराकानी
कल्पनामा डुब्छ यो
कस्तो रमाइलो
मनको आफ्नै संसार

तिम्लाई भेट्ने रहर भो आज

तिम्लाई भेट्ने लहरभो आज
माया गास्ने रहर भो आज
शिशिर झैँ रित्तो मन नि
माया बस्ने सहर भो आज

एक्लो एक्लो मेरो, जीवन यात्रा
घटाई दियोउ एक्लोपनको मात्रा
संगै जिउने मर्ने ठहर भो आज
माया गास्ने रहर भो आज

म मानव हुँ

म मानव हुँ
यति धेरै चेतना छ
साचो झुटो बुझ्न सक्छु
सही गलत छान्न पनि
पाप धर्म ठान्न पनि
तर सही बाटो म चुन्दिन
झुटो मुख म थुन्दिन
किनभने म सर्वश्रेस्ठ प्राणी हुँ
म मानव हुँ

म किन यस्तो ?

रात यो सुनसान, चकमन्न वरिपरि
नानाथरी कुराभित्र, मनमा एउटै कुरा खेल्छ
म किन यस्तो ? म किन यस्तो ?

कसैको हाँसो मिठो, बोली मिठो कसैको
कसैको बेवाहार रे, कसैको चाल
मनको मेरो प्रश्न, के छ ममा तेस्तो ?
म किन यस्तो ? म किन यस्तो ?

दुइ नज़र जुधेरनै, दिलको यो हाल भयो

दुइ नज़र जुधेरनै, दिलको यो हाल भयो
मायानै भयो गल्ति,दुरी यो सजाँए भयो
जेलियेछु उनको रुप त्यो मिठो हासो संगै
उनको त्यो मुहरनै मेरो निम्ति जाल भयो
मायानै भयो गल्ति,दुरी यो सजाँए भयो
परीको भेष गरि श्रंगारमा सजिएर
उनि आइन् जिन्दगीमा जिन्दगि यो कमाल भयो
दुइ नज़र जुधेरनै, दिलको यो हाल भयो

अझै भन्छौ मेरो देश कहाँ नेर खराब छ ?

मन्दिर मश्जीद पाटि पौवा जहाँ तहीं शराब छ
धर्म कर्म नैतिकता नाई पैसाकै लगाव छ
बुद्धिको त के कुरा बलकै यहाँ प्रभाव छ
अझै भन्छौ मेरो देश कहाँ नेर खराब छ ?

भोक रॊग अशिछ्या बिकाशको हाहाकार छ
नेताको भासणमा केवल दोषको सारासार छ
आफ्नो कर्म पुरा गर्न सबको टाराटार छ
बिकृति र विसंगति यहाँ मारामार छ

दानावताको भीडमा मानवता तानातान छ
दुइपैसाकोलागि आफ्नैमा हानाहान छ
अन्जान कोहि छैन सब जानाजान छ
नातावाद कृपावाद सबै छानाछान छ

सहिदको रगत संग स्वार्थ साटासाट छ
देशको ठेक्का नेताहरुको हातहात छ
राष्ट्रघाती कामहरु सबै रातारात छ
अच्छुत यहाँ कोइछैन सब साथसाथ छ

जुनी भरको साथ भन्छन दुई दिनकोनि साथ छैन

जुनी भरको साथ भन्छन दुई दिनकोनि साथ छैन
ज्यानै दिन्छु भन्छन सबै कसैको दिने आँट छैन

प्रेमकै खेति छ रे यहाँ ,व्यापार नि गरिदिन्छन
प्रेमकै सिढी बनाई धोकाको शिखर चढीदिन्छन
दुईपलमै आकासिने छिनमै भुइमानि झरिदिन्छन
आफ्नो स्वार्थ पुरा गर्न जता पनि सरिदिन्छन

जमानाकै दोष होला यहाँ झुट्टामात्र टिक्छन्
आकबरी सुन छाडी पहेलो पित्तलमा बिक्छन्
वशमा पार्न अरुलाई जाल अनेकथरी लेखछन्
मायामोह अब कथा भयो स्वार्थ मात्र देख्छन्

गीत गज़ल लेख्न थालें

जिन्दगीले अलिकति अधेरीमा सारिदियो
खोलि तर्ने रहर थियो बगरमै पारिदियो
कागजका खाली पाना आफैलाई देख्न थालें
आफ्ना व्यथा लुकाउन गीत गज़ल लेख्न थालें

जीवन नै आफै देखि रिसाएको भान भयो
रिसाएको जीवनलाई देखाउने थान भयो
मदिरामा क थियोर मैले कलम देख्न थालें
जीवनलै देखौन लै नि गीत गज़ल लेख्न थालें

कोइ भन्छन अब एसले केहि नगर्ने भयो
यसको जीवन येतीकैमा सड्ने भो पनि भने
आइन हेर्दा आफैलाई गीत गज़लकार देख्न थालें
भन्नेहरुलाई देखौन नि गीत गज़ल लेख्न थालें

म भन्दै नआऊ अब

तिमीलाई भुलीसके म भन्दै नआऊ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब

स्वार्थी यो दुनिया रे ,तिमि पनि येसकै अंस
झुटो आसु देखाउन ति नयन नभिजाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब

भन्छौ तिदिन भुली फेरि नया सुरुवात गरौ
भरिएको यो घाउमा भो मलम नदेखाऊ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब

मै भन्दै रुदै आयेउ तिम्रो छ कि कुनै जाल
चर्को तिम्रो मायाको तापले नसेकाउ अब
घरि घरि मेरो दैलो येसरी न धाउ अब
तिमीलाई भुलीसके म भन्दै नआऊ अब

मलाई झेल्न सक्दिनौ त छाडिदेउ मेरो हात

म मात्र हु र प्रिय पिउने मान्छे यो संसारमा
अपबाद नै जस्तो गर्छौ ,कल गर्छेउ दिन रात
मलाई झेल्न सक्दिनौ त छाडिदेउ मेरो हात

मनको पीर भुलाउन अलिकति पिउछु भन्छु
बोत्तल दुई रितिद्दामा भैहाल्ने आधा रात
जीवन ठेल्न सक्दिनौ त छाडिदेउ मेरो साथ

लागैदियिन उनले बानी, छुटाईदेउ तिमि भन्छौ
जीवन नै येइ हो मेरो कसरि म गरुँ घात
भनेर लाग्दैन मलाई,बेअसर छन् सबै लात —

रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि

झरी पर्दा सधै लग्छ तिमि छेउ त्यो झरी भरि
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि

घामका ति पोल्ने किरण एकाएक लोप हुदा
त्यो नीलो गगन ढाक्ने कालो बादल सरिबरी
रमाउदै हेर्थेउ तिमि माथि आकाशमै घरि घरि
काला बादल थोपा बनि धरतीमा खसेपछि
पानीको थोपा संग तिम्रो यॊउवनको लडीबढी
सुन्दर नृत्य देखौथ्योउ आगनको डीलमा सरि

मयल फाली धरतीको कालो बादल बिलाई जादा
रिसाए झैँ नाटक गरि जन्थ्येउ अलि टाडा सरि
मैले बादल पठाए झैँ हेर्नेगर्थेउ आखा तरी
झरी पर्दा सधै लग्छ तिमि छेउ त्यो झरी झरी
रुझेको त्यो तिम्रो तश्बीर खेल्छ मेरो वोरीपरि

मनको कुरा भन्नलाई कोइ अघि सरेनन् नि

वोल्लो छेउ पल्लो कुना नजरैको हाना हान
मनको कुरा भन्नलाई कोइ अघि सरेनन् नि
तस्बिर नि साथ राखे तर मुख फोरेनन् नि

आज पनि त्येही कुरा भोलि पनि उस्तै उस्तै
अघि बढ्न भेटघाटमा कसैले आँट गरेनन नि
आखा आखा मात्र जुधे मुटुमा कोइ झरेनन नि

मनकोकुरा गर्ला उसले भन्दै बाटो हेर्दा हेर्दै
दोबाटो आइ छुटिएछन् एउटई बाटो परेनन् नि
तै नि मुटु साटम भन्ने आँट कसैले गरेनन नि