लेखिएको गजलै हो
लेखिएको गजलै हो रहरमा लेखेँहुँला,
ठानीराथेँ आफूले त बहरमा लेखेँहुँला ।
ठूलै मान्छे हुनलाई गाउँबाट हिँडेको म,
लेख्नेजति सबैकुरा शहरमा लेखेँहुँला ।
शब्दहरु खडेरीमा लेख्नुपर्ने हुँदाखेरी,
गजल नै ठीक भन्ने ठहरमा लेखेँहुँला ।
कोहीले त कसैसँग प्रेम पर्दा लेख्छन् रे,
विनासित्तै मैले कुन कहरमा लेखेँहुँला ।
लेखिएको गाइएको खुब देखे सुनेपछि,
मैल पनि सोही लाम लहरमा लेखेँहुँला ।

सानीवामी नाक्का मान्तुप छुये होगो हेप्लो,