Skip to content

केडी रेम्नीसीङ

हिजोसम्म त्यस्तो थियो

हिजोसम्म त्यस्तो थियो आजबाट त्यस्तै त हुँदैन,
एकत्रित मन गरेपछि अस्त व्यस्तै त हुँदैन ।

धुम्मिएको बादल उघ्रिन्छ दुखेको मन सुधृन्छ,
मौसम हो फेरिएर जान्छ हिजो जस्तै त हुँदैन ।

गाई मारेको पाप

थाहा छैन कुन दिनदेखि गाईको मासु खान प्रतिवन्ध लाग्यो, हाम्रो बाजेले भनेको अनुसार पहिले नियमित चल्ने गाईगोरुको मासु खाने प्रयोजनमा प्रयोग हुँदै आएकोमा प्रजातन्त्र आएसँगै विस्तारै वन्द हुँदै गयो । पछि खै कुन कानुन बन्यो रे त्यसपछि त झन् गाई राष्ट्रिय जनावर भयो रे हिन्दुको गौ माता रे भनेर सबै नेपाली हिन्दु भ’का कारण पूजा गर्नुपर्ने भयो काट्नेलाई त डोर आएर लगिहाल्ने, मुद्धा चल्ने, जेल हाल्ने काम हुन थाल्यो । यति थाहा छ गाउँघरमा किसानी गर्ने रत्न बहादुर तथा उसका गाउँलेलाई ।

मेरा लाेग्ने बिदेशमा छन्

“एउटा कुरा आज थाहा भयो, मातेपछि मान्छेको दया पलाउँदो रहेछ । अरु के केसम्म अरुलाई दिन तयार हुन्छन् म चाहिँ मेरो शरीरै अरुलाई सुम्पनु परे पनि तयार हुने रहेछु लागेपछि । तर भाइ तिमीलाई चाहिँ होइन है हा…हा…हा… । तिमीलाई त मैले उहिल्यै देखि आफ्नो भाइजस्तो मानेको छु, त्यसमाथि तिमी भन्या घरमा परिवार भएको मान्छे, हामीलाई के हेर्थिस् । बरु त्यो तिम्रो साथी बेरोजगार जस्तो छ त मिल्छ भने मलाई मिलाई देऊ न…”

“दिदी खास म पनि बेरोजगारै छु त ।”

अब अर्को चुनाब नआओस्

हो रहेछ दाइ, त्यसैले म चाहिं यो पाली चुनाबमा तटस्थ बस्छु ।’ नबुङहाङको कुरा सुनेर पिईराखेको चियाको गिलास उठाउँदै बागेमान बोले, ‘होइन किन नि? कसरी थाहा भयो? यो पाली त हाम्रै दाइलाई उठाउने हो जिताउनलाई त हामी चुप लागेर हुन्छ र?’ तानेको एक सुरुप चियामा हावा मात्र आएकोले नबुङले गिलास हेरे, चिया सिद्धिसकेको रहेछ । क्याफेको साहुनीलाई चिया थप्ने ईशारा दिदैं नबुङ बोले, ‘अस्ति विद्यार्थी संगठनको चुनाबमा हुनुसम्म भयो नि, समुदायको केही हित गर्न सकिन्छ कि भनेर सचिव पदमा वसेको सुर्वा कल्याणकारी समाज पनि चुनाबमा यो पार्टी र त्यो पार्टी भन्ने हुँदा विग्रिराखेको छ । फूटाऊ र शासन गर भन्ने भनाई कतै सुनेको थिएँ, ठ्याक्कै त्यस्तै भयो । प्रत्येक पार्टीले हाम्रो समुदायको कोही न कोही अगाडि बढाएकै हुँदो रहेछ । पार्टीले गर्दा यो पाली जाति पनि ती टुक्रा भयो ।’

लिभिङ टुगेदर

गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले पुग्दो वा कोही आफन्त भएको खण्डमा काठमाण्डौ जाने नत्र सदरमुकाम जाने चलन नै हो । सदरमुकाम आउने पात्र मध्ये कविता पनि एक हो । उनको वाल्यकालको नाम लालजति भएपनि कक्षा पाँचतिर उनकै नेपाली शिक्षकले ‘शार्दुल विक्रिदित छन्द जस्तै राम्री देखिने मान्छेको नाम पनि लालजति रे, भएन यो त’ भनेर नयाँ न्वारान गरिदिए ‘कविता’ । कविता साँचै छन्दको कविताभन्दा नि सुन्दर रुपकै छिन् आजसम्म ।

आना कोङ ननतोकची (गजल)

आना कोङ ननतोकची मोरोकफोसे आयय,
नतोयो पिक्तो ततोकची मोरोकफोसे आयय ।

हाल्लोसो इची सुर मइचु पिक्तो चयोतितो,
तुप्खाचिलो पतोकची मोरोकफोसे आयय ।

पाँच डलरकाे नाेट

कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडी एकजना छिमेकी दाईलाई पछ्याएर गाउँदेखि उकालो हिँडेको ऊ अर्थात शिरिषे रेम्नीसीङ ठिक दोस्रो दिनको वेलुका लुक्लामा पाउँछ आपूmलाई । झोलामा एक भारी सपना खाँदेर बोकेको १३ वर्षे किशोर छक्क पर्छ लुक्लाको वस्ती देखेर । सबभन्दा त हुतहुती सुरु हुन्छ उसको मनभित्र कि कहिले भोली विहान हुन्छ र त्यो परको एयरपोर्टमा प्लेनहरु आको हेर्न पाउनु । वेलुकी नै सँगैको दाईले घुमाए उनलाई तामाङ टोल, पासाङल्हामु गेटदेखि निकोल निक्की हस्पिटलसम्म । आकाशमा मात्र कहिलेकाँही देखेको प्लेन आप्mनै आँखाअघि पहिलोपटक देखे उनले लुक्ला एयरपोर्टमा । दाईका केही चिनजानका साथी भेटिए बजारमा, त्यसमध्येमा भेटियो

भमराको चुम्ने ढंग सापटी मागेर

भमराको चुम्ने ढंग सापटी मागेर,
इन्द्रेणीको सातै रंग सापटी मागेर ।

बेहद प्यार दिउँला तिमीलाई सधैं,
रोमियो र मज्नुसँग सापटी मागेर ।

हामी…

‘ए सर, घाम ताप्न आउनुस् है…’
हो त नि हामी घाम ताप्नै आउँछौ,
काम गर्न होइन,
सकेसम्म जागिर खान पो त,
जागिर खानलाई हाजिर गरे पुग्छ,
काम होइन ।

‘ए दाई, चिया बनाएर ल्याउनुस् त,
एक फन्का खाम्…’
हो, यिनीहरु चिया बनाउनै आका हुन्,
चिया बनाएर हामीलाई खुवाउन,
अनि हाम्रा गफ सुन्न आका हुन्,
र सही थाप्न पनि ।

‘तपाईँको यो कागज पुग्या छैन,
फेरी पछि आउनुहोस्,
अहिले जानुहोस्…’
हो, जनतालाई हप्काउनु,
हाम्रो नैसर्गिक अधिकार हो,
हामी त शासक हौ,
सेवक होइनौँ त ।

‘यो सरकारले पनि कामै गरेन,
यस्तो गर्नुपर्नेमा, उस्तो गर्छ…’
मानौ, सरकारको आलोचना गर्नु,
हाम्रो मौलिक हक हो,

मलमासको अन्त्यमा

‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै व्यवसाय भएको इन्द्रसँग दोस्तीको सुरुवात गरेदेखि उनले यस्ता धेरै मौका पाएकी छे खान ।

आज धरानको बुढासुब्बा जाने दिन हो सिमरनको । सिमरनले नाईँ भनेकी हुन् तर नास्ती गर्न सकिनन् इन्द्रको प्रस्तावमा । उनलाई राम्रोसँग थाहा छ कि इन्द्रकी श्रीमती सिमरनकै गाउँले छिमेकी दिदी हुन् ।

चाक्चाकुरपी ताम्पालो… (गीत)

चाक्चाकुरपी ताम्पालो रेउ रेउमे तुम्पालो,
लालीमायो आप्पु ङालीलपा छुम्पायो ।
भांग्राम फेङ्गा खाम्पा लुक्स्पा रिम्चिप आस्कै,
माकुलुङमी तेमेछास् उतो ङाल्लप दात्कै ।।

खुलु खुम्सुम रिसिवा हन्ना केइया युक्साम्के,
छाम लतो सिल्बातो सानिवाची बाताम्के ।
रान्त्या काक्साम् बजारपी सिङ छोम्पा सैलालो,
ई दुङने तोक्साथोङ सुम्नी पारु नइललो ।

होल्नाम ताम मिन्चाये याउतोस छुम हचय,
रेउमेम् ङाली हालामोस दोबेबुङयो बाइचय ।
फुर्का दोङगम बात्चीक हन्ना केइसो इलैया,
सानीवाची पिलैयो सम्तुमा ची मिलैया ।।

को असा हन्ना…. (गीत)

को हसा हन्नान् को असा पक्नििव खोलोङ पक्निव,
चाई मयाम् दव बाई मयाम् तानिव खोलाङ तानिव ।

दुङ खाता ईमी युम खाता सेमोङाङ खोम्तिम्पा,
दुक्वापी तुपा छुप्सेप् छुपा इहोप्ङाङ लोम्चिम्पा ।।

केस्का इम्पा, एस्पा इम्पा थिइम छुके एसेने,
इम्सिचाई केइने बिन्निपास हापी तातेका लाम्दुप्ने ।।।

देश वेच्ने जन्मेपछि

देश वेच्ने जन्मेपछि मेची दुख्छ काली दुख्छ,
नेताको त्यो भाषणमा हात दुख्छ ताली दुख्छ ।

सुन्दर यो फूलबारी सबै जात सबै भाषा धर्मको,
फूलपात चुँडेपछि फूलको रित्तो डाली दुख्छ ।

रेमिट्यान्स हैन अब रोजगारी बढाउनु पर्छ,
अरवमा मालिकको जुँगे बुर्के गाली दुख्छ ।

नेपालमा खाना खान अर्को घरमा सोध्नुपर्दा,
छिमेकीको आदेशले दुवै कानको जाली दुख्छ ।

सप्तकोशी चर्किदिँदा मुटु अझ चर्किदिन्छ,
दशगजा मिचिइँदा गोर्खेको ‘गोर्खाली’ दुख्छ ।

म त मात्र सानो जिल्ला

म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी,
आज छु मोफसलमै भोली पुगुँला राजधानी ।

पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म,
मोफसलकै भरमा चल्ने लुला राजधानी ।

सबैलाई लोभ्याउँदै आँपैm तिर तान्ने गर्छौ,
तिम्रो छेउ आए देख्छन् धुलैधुला राजधानी ।

भू–मण्डली करण छ उठेर हिँड अनि पुग,
मेरो लागि तिम्रो लागि सँधै खुला राजधानी ।

गोल छ दुनियाँ पुरै गोल भनी सम्झे हुन्छ,
कुनै दिन तिमी प्रदेश म हुँला राजधानी ।

के को हल्ला हुँदै थियो

के को हल्ला हुँदै थियो पल्लो घ’राँ राती फेरी,
क्रिडास्थल भयो क्यारे कसैको त छाती फेरी ।

पिडाका नै आवाजहरु सुनिनमा आ’का थिए,
चल्यो कि त वज्य्रो कि त कसैको त लाठी फेरी ।

यस्तै गर्थे, यस्तै भन्थे हिजो पनि अस्ति पनि,
बौलाएर उफ्रे क्यारे आजपनि साथी फेरी ।

साह्रै गाह्रो भा’को स्वर सुनियाथ्यो सास फेर्न,
समातियो कि कसैबाट कसैको त घाँटी फेरी ।

आवाज पुरै सुनसान भयो अचानक किन,
कोही कतै गएनन् कि स्वर्गैभन्दा माथी फेरी ।

उठेर नि हिड्नु नै छ

उठेर नि हिड्नु नै छ लडेको मान्छे,
उही लड्छ जो छ अघि बढेको मान्छे ।

खोई केको कमी हुँदा हिड्ने बाटोमा,
भूईँ झर्छ धेरै माथि चढेको मान्छे,

सोचेजस्तो खोजेजस्तो हुँदैन केही,
कसो गरी हुनु हिरा जडेको मान्छे ।

बीस पल्ट फेरी चढ्ने कमिला जस्तै
आफ्नै आँट अडानमा अडेको मान्छे ।

अनुभव ठूलो मान्ने हाम्रो चलन,
काम लाग्छ परेको र पढेको मान्छे ।

रमाउने किन सबै

रमाउने किन सबै रमाउने पिएपछि,
समाएर लिने हो कि समाउने पिएपछि ।

हराएका होसहरू एकएक फर्के मेरा,
भएको पो रैछ क्यारे हराउने पिएपछि ।

नेपालमी ङाली फात्तोलो (कुलुङ भाषा)

इनीक नीङदोङ फाइम
मिनारी दाचाम
चाक्चाकुरपी,
सोलु महाकुलुङमी पिल्मो
संखुसभामी छिङ्खा,

भोजपुरपाक कुलुङ,
सुनसरीम देवीगाउँ,
खेना,
ई होप होपतोक चारतेल्पी,
बात्ल छुम्पालो,
रीङ लत्ताक तुवा
नेपालमी ङाली फात्तोलो,
नेपालमी ङाली नीङ छुतोलो,
ईसाल्मक हाकई हाकपी वाने?
पिम्पाना,
साल्म मम्पा तुवा ।
खोलोङ वाइस्को,
खालोङ तुस्को,
इचारतेल ई नेपालपी,
केई तुस्को इसाल्म वाइस्को,
किरात पीक ई महाकुलुङ,
ई महाकुलुङमी ङाली उम्ङाली दाइप,
ई चार छुमछुये,
खारोलोई खन्पी,
कुलुङङाङ मा,
खोलोङ इतोरो लाइपा,
खोलोङ वाइस्को, खोलोङ तुस्को,
छुम्छुये पिम्पाना,
पोम्पा तुवा ।
खुङ्क रीङ माताम्दो,
छुनोकइके ङाल्लप नेपाल,
तयाम्नोकइके नीङ नेपाल,
फात्नोकइके नेपालमी ङाली ।

Read More »नेपालमी ङाली फात्तोलो (कुलुङ भाषा)

दिल खुश भैहाल्छ

कुहरोभित्र पारीलाई हेर दिल खुश भैहाल्छ,
पहाडमुनी झरीलाई हेर दिल खुश भैहाल्छ ।

आवाजभित्र अशान्त छ मन धुलोभित्र धुलाम्मै,
चुपचाप नगरीलाई हेर दिल खुश भैहाल्छ ।

नजरबन्द लगाइरा’छौ आफूमाथि आफैँले नै,
उडीररेको चरीलाई हेर दिल खुश भैहाल्छ ।

झरनामुनी इन्द्रेणीको सातै रंग एक भएर,
नुहाइराख्या छडीलाई हेर दिल खुश भैहाल्छ ।

प्रकृतिलाई कुल्चिई हिडेको धेरै भयो अव त,
आज नयन भरीलाई हेर दिल खुश भैहाल्छ ।