Skip to content

नमिन

रहर हैन बाध्यता हो लागु औषध

भोली कर्णधार मात्र नभइ आजका साझेदार मानिएका बालबालिकाहरु लागु औषधको कुलतमा फस्ने क्रम बढदो छ । सडक बालबालिका भोक, निद्रा, प्यास मेटाउनका लागि गमलगायत अन्य लठ्याउने लागु औषधिको विभिन्न खालका कुलत र अपराधमा समेत सहभागी हुने गरेका छन् । मिठो खाने राम्रो लाउने लालसाका कारण सहर पसेका अधिकाँश बालबालिकाको बास सडकमा हुने गरेको छ । दिनप्रतिदिन असुरक्षित र अव्यवस्थित हुँदै गएका सडक बालबालिका चुरोट खाने, गम सुँघ्नेजस्ता कुलतमा फसेका छन् भने बाँच्नकै लागि पाकेट मार्ने, चोरी गर्नेजस्ता गलत काममा सहभागी हुँदैआएका छन् । पहिले पहिले धेरैजसो सडक बालबालिकालाई बालसुधार गृहमा राखिन्थ्यो । त्यसले गर्दा केही सुरक्षित हुन्थे तर आजभोलि बस्ने ठाउँ र दातृ निकायको सहयोग नपाउँदा सडकमै रात बिताउन बाध्य छन् । यसले गर्दा उनीहरु जाडो महिनाभरि तातोका लागि दिनभरि ड्रग्स खाने, गम सुँघ्नेजस्ता काममा लागेका छन् । घरको आर्थिक अवस्था,पारिवारिक समस्या, साथीभाइको लहीलहीका कारण बालबालिका सडकमा आउने गरेका छन । मिठो कल्पनामा डुवेर सहर पसेका बालबालिका वास्तविकतासँग अनभिज्ञ हुन्छ जव वास्तविकता उनीहरुको सामनु आउछ त्यती बेला बाबुआमाको डर र सामाजिक रुपमा बहिष्कार हुने डरका कारण पुरानो अवस्थामा फर्कन नसक सडकमै जिवनयापन गर्न बाध्य हुन्छन ।
एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रेनको २०१२ को प्रतिवेदनमा उल्लेख भएअनुसार गम एक किसिमको लठ्याउने लागुपदार्थ हो । “गम एक किसिमको लागुपदार्थ वा लठ्याउने चिज हो जसको प्रयोगले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्छ, गम सुँघ्दा यसको सिधा असर मष्तिष्क र शरीरका अन्य अङ्गमा पर्न गई सिर्जनाशीतलाप्रति मन जान छाडिसकेपछि सुस्त मनस्थितिजस्तो दीर्घकालीन असरसमेत पर्न सक्छ ।”

सडक बालबालिकालाई पुनः स्थापनाका लागी नेपालको काठमाण्डौ र विराटनगरमा गरी २ स्थानमा मात्र बाल सुधार गृहहरु रहेका छन जस्को क्षमता ७०÷७५ जनामात्र छ । काठमाडौँ उपत्यकामा मात्रै करिब पाँच हजारका हाराहारीमा सडक बालबालिका रहेको र तीमध्ये ९५ प्रतिशतले गम सुँघ्ने गरेका छन् । सन् २००१ मा उक्त सङ्ख्या ५१ प्रतिशत मात्र थियो । सन् २००८ को सिविन सर्वेक्षणअनुसार सडक बालबालिकामध्ये ६१ प्रतिशत दैनिक, ३६ प्रतिशत कहिलेकाहीँ र दुई प्रतिशतले कहिलै प्रयोग नगरेको पाइएको छ । तीमध्ये १०–१४ वर्ष उमेरका समूहका बालबालिकाले प्रायःजसो बेलुकी मात्र गम सुँघ्ने गर्छन् ।