Skip to content

अन्य विश्लेषण

GangaAdhikari

मेरो एउटा परिकल्पना

कोरोना नामक राक्षसको कारण
मानव सभ्याताको बिनास हुनेछ
भवन रुपी जंगल हुनेछ
त्यो जंगल फाडेर
मान्छेहरू रुख ठड्याउने छन्
मनिसमा बुद्धि त हुनेछ
तर होस नभएको कारण

(बुद्धिचाल एक अध्ययन)

बुद्धिचाल, शतरञ्ज अर्थात चेस । यो खेललाई हाम्रो देश नेपालमा बुद्धिचाल, भारतमा शतरञ्ज तथा अन्य प्रायः देशहरुमा चेस नै भनिने भएकोले यस लेखमा चेस भनेर नै यो विश्लेषणात्मक लेख प्रस्तुत गरेको छु । अरु सबै खेलभन्दा चेस बौद्धिक खेल हो । दिनमा एक पटक चेस खेल्नु भएमा आफ्नो दिमाग कहिल्यै बुढो हुँदैन , सम्पुर्ण जीवनकालमा सोह्र वर्षे व्यक्तिले जस्तै दिमाग राम्ररी प्रयोग गर्न सकिन्छ । हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ । विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेसकै हो । चेस अहिलेको जमानामा कम्प्युटर, अनलाइन, गेम आदिमार्फत पनि खेल्न सकिन्छ । वि

रहर हैन बाध्यता हो लागु औषध

भोली कर्णधार मात्र नभइ आजका साझेदार मानिएका बालबालिकाहरु लागु औषधको कुलतमा फस्ने क्रम बढदो छ । सडक बालबालिका भोक, निद्रा, प्यास मेटाउनका लागि गमलगायत अन्य लठ्याउने लागु औषधिको विभिन्न खालका कुलत र अपराधमा समेत सहभागी हुने गरेका छन् । मिठो खाने राम्रो लाउने लालसाका कारण सहर पसेका अधिकाँश बालबालिकाको बास सडकमा हुने गरेको छ । दिनप्रतिदिन असुरक्षित र अव्यवस्थित हुँदै गएका सडक बालबालिका चुरोट खाने, गम सुँघ्नेजस्ता कुलतमा फसेका छन् भने बाँच्नकै लागि पाकेट मार्ने, चोरी गर्नेजस्ता गलत काममा सहभागी हुँदैआएका छन् । पहिले पहिले धेरैजसो सडक बालबालिकालाई बालसुधार गृहमा राखिन्थ्यो । त्यसले गर्दा केही सुरक्षित हुन्थे तर आजभोलि बस्ने ठाउँ र दातृ निकायको सहयोग नपाउँदा सडकमै रात बिताउन बाध्य छन् । यसले गर्दा उनीहरु जाडो महिनाभरि तातोका लागि दिनभरि ड्रग्स खाने, गम सुँघ्नेजस्ता काममा लागेका छन् । घरको आर्थिक अवस्था,पारिवारिक समस्या, साथीभाइको लहीलहीका कारण बालबालिका सडकमा आउने गरेका छन । मिठो कल्पनामा डुवेर सहर पसेका बालबालिका वास्तविकतासँग अनभिज्ञ हुन्छ जव वास्तविकता उनीहरुको सामनु आउछ त्यती बेला बाबुआमाको डर र सामाजिक रुपमा बहिष्कार हुने डरका कारण पुरानो अवस्थामा फर्कन नसक सडकमै जिवनयापन गर्न बाध्य हुन्छन ।
एसोसिएसन फर द प्रोटेक्सन अफ चिल्ड्रेनको २०१२ को प्रतिवेदनमा उल्लेख भएअनुसार गम एक किसिमको लठ्याउने लागुपदार्थ हो । “गम एक किसिमको लागुपदार्थ वा लठ्याउने चिज हो जसको प्रयोगले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्छ, गम सुँघ्दा यसको सिधा असर मष्तिष्क र शरीरका अन्य अङ्गमा पर्न गई सिर्जनाशीतलाप्रति मन जान छाडिसकेपछि सुस्त मनस्थितिजस्तो दीर्घकालीन असरसमेत पर्न सक्छ ।”

सडक बालबालिकालाई पुनः स्थापनाका लागी नेपालको काठमाण्डौ र विराटनगरमा गरी २ स्थानमा मात्र बाल सुधार गृहहरु रहेका छन जस्को क्षमता ७०÷७५ जनामात्र छ । काठमाडौँ उपत्यकामा मात्रै करिब पाँच हजारका हाराहारीमा सडक बालबालिका रहेको र तीमध्ये ९५ प्रतिशतले गम सुँघ्ने गरेका छन् । सन् २००१ मा उक्त सङ्ख्या ५१ प्रतिशत मात्र थियो । सन् २००८ को सिविन सर्वेक्षणअनुसार सडक बालबालिकामध्ये ६१ प्रतिशत दैनिक, ३६ प्रतिशत कहिलेकाहीँ र दुई प्रतिशतले कहिलै प्रयोग नगरेको पाइएको छ । तीमध्ये १०–१४ वर्ष उमेरका समूहका बालबालिकाले प्रायःजसो बेलुकी मात्र गम सुँघ्ने गर्छन् ।

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि
न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्

प्रकाशमान शिल्पकार

नोबेल पुरस्कार कसले गरे अस्वीकार? किन गरे अस्वीकार??

नोवेल पुरस्कार विश्वकै सबभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो पुरस्कार पाउनु कुनै व्यक्तिको लागि ठूलो सम्मानको कुरा हुन्छ । तर्सथ नोबेल पुरस्कार भन्ने बित्तिकै सबैको ध्यान तानिन्छ । प्रत्येक वर्षो अक्टोबरमा घोषणा हुने गरेको नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेल वसियत अनुरुप गरिएको हो । नोबेल बारुद र अन्य शक्तिशाली विस्फोटनहरूका आविष्कारकका साथै ठूलो औद्योगिक साम्राज्यको स्वामी हुनुहुन्थ्यो । रसायनशास्त्रमा रुची राख्ने अल्फ्रेडले नाईट्रोग्लीसरिन नामको विस्फोटक पदार्थको उत्पादन गर्नुभयो । करिव २० राष्ट्रहरूमा एक सयको हाराहारीमा विस्फोटक पदार्थ बनाउने उद्योग खोलेर अपार सम्पत्ति कमाउनु भयो । उहाँका ती आविष्कारले मानवकहितभन्दा विनाश बढी गर्‍यो ।

रक्तदान गर्न डराउनु पर्दैन

विलियम हार्भले सन् १६१६तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने सन् १८१८मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत संचार गराउने प्रयास गरे । सन् १९००मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C, रक्त समुह हुन्छ भन्ने पत्ता लगाए भने सन् १९१४मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए ।

नेपालमा आत्महत्याको वृद्धि किन ? -त्रिचन्द्र प्रतीक्षा

पत्र-पत्रिकाहरुको पानामा कहिं न कहिं कुनै न कुनै तरिकाबाट आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ- हाम्रो समाजमा आत्महत्याको श्रृंखला । किन यसरी तिब्र गतिमा फैलिरहेको छ? यो सोचनीय र चिन्ताको विषय हो ।

मानिस एक संवेदनशील प्राणी हो । ऊ एक्लै जीवनयापन गर्न सक्दैन । जीवनका उतारचढावहरुलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ । विभिन्न किसिमका घटनाहरु मध्ये आत्महत्या अति महत्वपूर्ण घटना हो । आत्महत्या गर्नु आफैंमा एक अपराध हो । तर मानिस किन आत्महत्या गर्न चाहन्छ ! जो कसैमा खुल्दुली हुनु स्वभाविक हो । आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन । सामान्यतयाः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो ।

न्याय कि अन्याय

न्याय वा इन्साफ भन्नाले विवादास्पद विषयमा भए गरेको निर्णयबाट पक्षको सन्दर्भमा निस्कने परिणामलाई जनाउद छ भने अन्याय भन्नाले न्याय विरुद्धको काम वा इन्साफको प्रतिकूल भए गरेको काम कुरा अर्थात अनुचित कामलाई जनाउछ ।

आजको युग प्रजातान्त्रिक युग हो र हाम्रो राज्य व्यवस्थाको एक उद्देश्य कानून बमोजिम सबैलाई न्याय प्रदान गर्नु रहे तापनि के यो उद्देश्य पुर्ण रुपमा पुरा हुन सकेको छ भन्ने वारेमा चर्चा गर्नु नै यसको मूल उद्देश्य हुनेछ ।

विकृतीको रुपमा मौलाउँदैछन् ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवा-युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आफ्नो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुन सक्छ ।

संविधानबिनै चल्ने देश र चालकबिनै गुड्ने रेल !

भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेडईएन ५ -५३५) नम्बरको रेलको डिजेल इन्जिन चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार जनकपुर आइपुग्यो । धेरै पत्रपत्रिकहरूले यसलाई मुख्य समाचार बनाए . श्रब्य र दृश्य संचार माध्यमहरु यो समाचारले भरिए । धन्न केही दुर्घटना भएन छ ! प्रमुख जिल्ला अधिकारी गौतमले आफूले चालक कवारीमाथि अविलम्ब कारबाही गर्न निमित्त महाप्रबन्धक रामेश्वर यादवलाई निर्देशन दिएको बताए छन् ।.

गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न

गजल-सन्ध्या पोखराले गजल वाचन एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गजल-सन्ध्या पोखराका अध्यक्ष कपिल शर्मा संयोजकको सभापतित्व एवम् प्राज्ञिक सरुभक्तज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमका बिशेष अतिथिमा वरिष्ठ गजलकार गीतकार एवम् गायक प्रकट पगेनी शिव हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा चितवन जिल्लाबाट भागलिन त्यहाँ पुग्नु भएका गजलकारहरुमा गोर्खेसाइँलो पुष्प अधिकारी अंजलि प्रभाकर पण्डित केशवराज आमोदी नवलपरासी जिल्लाबाट गोविन्दराज विनोदी विजयराज ज्ञवाली म्याग्दी जिल्लाबाट सुश्री पवित्रा वुढा अछाम जिल्लाबाट रावल कृष्ण तनहूँ जिल्लाबाट सरला लामिछाने सरु जानकी खनाल अमृता सुवेदी बुद्धीसागर वाग्ले उत्तम अधिकारी प्रकाश ‘प्रतिक’ नुवाकोट जिल्लाबाट गोपाल खनाल पाल्पा जिल्लाबाट हरिमाया परियार स्याङ्जा जिल्लाबाट सुरज उपाध्याय जीवन पौडेल धादिङ जिल्लाबाट रोचन घायल पर्वत जिल्लाबाट सुदिप लामिछाने कृष्ण लामिछाने मिलन पौडेल शङ्कर गिरी कृष्ण पौडेल समीप कार्की लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो ।

लोकतान्त्रिक छलफल

  • by

ईश्वर छ, ईश्वर छैन । यो राम्रो छ, यो राम्रो छैन । यो जाति हो, यो जाति होइन । यो सबभन्दा काम लाग्ने र महìवपूर्ण कुरो होइन । हाम्रो मानव जीवनको इतिहासमा यस्ता पक्ष दिइएका कुराहरू, वादविवादका कुरा, मनपर्ने र नपर्ने कुरा परापूर्वकालदेखि चल्दै आएका छन् । आज पनि वर्तमानमा चलेका छन् र पक्का छ यस्ता मतभिन्नता, वादविवाद र पक्षविपक्षका कुरा भोलिका दिनमा पनि चलिनै रहनेछन् । यस्ता कुराले हाम्रो मानव जातिलाई के फाइदा गरेको छ वा क्षति गरेको छ ? यस प्रश्नको उत्तर पनि दुई किसिमकै छ र वा हुन्छ भन्ने देखिन्छ ।

भन भन देउसे को थिए बलि राजा ?

  • by

दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्‍यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।

छुवाछुत बिरुद्धको दुधको पेशा

  • by

बि सं २०१८ साल देखी नै राजा महेन्द्र कै पालामा तराइका सम्म फांटहरुमा नयाँ बस्ती बसाउन सुरु भयो । बर्मा बाट थुप्रै नेपाली हरु खेदियर नेपाल पसे । सुरुमा बडो दु:खका साथ जंगल बिनास गरी बस्ती बसाउन योग्य भुमी बनाइयो । चितवन -नवल परासी – कपिलवस्तु -रुपन्देही आदी जिल्ला हरुमा तत्कालिन पुनर्वास कंपनिले आफ्नै तरिका बाट बस्ती बसाइदियो ।

रामायणको समाजशास्त्र

  • by

एक्काइसौ शताब्दीको नया नेपाललाई आजभन्दा तेइस सय वर्ष पुरानो भारतवर्षका धर्म, संस्कृति र परम्पराले मार्गनिर्देश गर्न सक्छन् ? के संसारको कान्छो लोकतान्त्रिक गणतन्त्रका लागि राजतन्त्रका थोत्रापुराना मूल्यमान्यता र सामन्तवादी नीति र आचारविचार उपयोगी हुन सक्छन् ? न्याय, सत्य र शान्तिको विजयका लागि भन्दै महिषासुर र रावणको हत्याको खुसियालीमा ‘लोकतान्त्रिक गणतन्त्रको पहिलो बडादसैा’ धुमधामसाग मनाएका नेपालीजनले आफैलाई सोध्नुपर्ने प्रश्न हो यो ।

पूर्वीय मान्यता, पाश्चात्य दृष्टिकोण, नेपाली यथार्थ

  • by

नेपाली परिवेशभित्र सीमित भएर नेपाली महिलामाथि टिप्पणी गरेर सन्तोष लिने समय समाप्त भइसक्यो । भूमण्डलीकृत कालमा नेपाली नारी कहाँ उभिएका छन् भन्ने प्रश्न हाम्रा अन्तरमनमा स्वतः खेलिरहन्छ । आधुनिक चेतनामाथि सञ्चारक्रान्तिको प्रभाव अनुकूल नेपाली महिलाहरूको एक समूह आफ्ना दायित्व र अधिकारहरूप्रति दिनप्रतिदिन जागरुक हुँदै गइरहेको छ । बितेका दश-पन्ध्र वर्षभत्र त्यो जागरुकतामा बढी ऊर्जा र तीब्रता आएको देखिन्छ ।

कथा अमेरिकाको

अमेरिका विश्वकै धनी र अधिक ‘होमलेस’हरुको देश हो । यहाँ पनि मध्यम वर्गीय समाजको जीवन अति नै कष्टकर छ । विगत केही बर्षदेखि अनपेक्षित रुपमा ह्रास हुँदै गएको आर्थिक स्थितिले गर्दा यस्तै अवस्था रहे आगामी एक वर्षभित्रमा मात्रै २२ लाख मानिसले आङ्ग आफ्नो घर ऋणमा लिएको गुमाउँने छन् । एक्लो क्यालिफोर्निया राज्यमा मात्र यो आर्थिक बर्षको प्रथम तीन महिनामा ५७ हजार मानिसले ऋणमा किनेको घर गुमाएको तथ्याङ्क हालै प्रकाशित भएको छ । २००८ को जुन महिनामा मात्र ७७ हजारले नोकरी गुमाउनु पर्यो । दैनिक बढ्दै गएको तेलको मूल्यका कारण विगत ६ महिनायता खाद्यान्न लगायतका वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएका कारण जीवन कष्टकर बन्दै गएको छ । सयौं निर्माण कम्पनी आर्थिक कारोवार गर्ने कम्पनीलगायत बैंकसमेत धराशयी भएका छन् । पाँच बर्षअघिको दाजोमा घरहरुको मूल्यमा ३० प्रतिशतसम्म ह्रास भएको छ भने कोठाको भाडामा भने १० प्रतिशतसम्म वृद्धि भएको छ ।