Skip to content

Shrihari

बसि बियाँलो

टन्न दर खाएर पल्टिएकी स्वास्नि देखेर डाडले लोग्ने चाँही अनेक निहु खोजी रहन्दो रहेछ;
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त, मेरो दिमागमा आगो बलेको छ आज
श्रीमान: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको

स्वास्नि पनि के काम थीयि र?

लोग्ने श्रीमतीसंग : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

अर्को;

महिला -: यो तपाईले कस्तो खाट बनाइ दिएको ? पर बाट ट्रेन हिंड्दा पनि डगमग डगमग हल्लिन्छ !
सिकर्मी -: त्यत्ति कम्जोर त नहुनु पर्ने !

मन

मन सबै मान्छेको, मान्छेकै सबै मन
मनले गर्छ चाह, मान्छेले जोर्छ धन
छैन कुनै संसारमा, ठुलो भन्दा मन
तन मात्र छ्यणिक हो, चिरन्जिबी छ मन।
तेही मनले चाहन्छ, कतै खुरापाती छुरा
कुनै मन जापदै बस्छ, ज्ञान गुनका कुरा
दौदिरहन्छ कुनै मन, गिँड बिनाको टाउको
सोचे मनले भलाई, कल्याण छ सबको।
धैर्य गरि ध्यान गरुँ, मनले के भन्छ
जिवनमा हिंड्ने बाटो, मात्र दुई हुन्छ
सोचे राम्रो मनले सबलाई, धर्मको कमाई
पापी मनको तिर्सना, दुखी जीवन गुमाई।