harisharma

कहिले खुल्छ आँखा तिम्रा हे मुर्ख जनता

हे मुर्ख जनता, तिमी भोट किन दिन्छौ
ती ज्यानमाराको दोष, आफू किन बोक्छौ
अधिकार खोज्छौ तिमी, लौ त खोजी देखाऊ
घरै बस तिमी आज, भोट दिन नजाऊ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बसि बियाँलो

टन्न दर खाएर पल्टिएकी स्वास्नि देखेर डाडले लोग्ने चाँही अनेक निहु खोजी रहन्दो रहेछ;
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त, मेरो दिमागमा आगो बलेको छ आज
श्रीमान: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको

स्वास्नि पनि के काम थीयि र?

लोग्ने श्रीमतीसंग : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

अर्को;

महिला -: यो तपाईले कस्तो खाट बनाइ दिएको ? पर बाट ट्रेन हिंड्दा पनि डगमग डगमग हल्लिन्छ !
सिकर्मी -: त्यत्ति कम्जोर त नहुनु पर्ने !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन

मन सबै मान्छेको, मान्छेकै सबै मन
मनले गर्छ चाह, मान्छेले जोर्छ धन
छैन कुनै संसारमा, ठुलो भन्दा मन
तन मात्र छ्यणिक हो, चिरन्जिबी छ मन।
तेही मनले चाहन्छ, कतै खुरापाती छुरा
कुनै मन जापदै बस्छ, ज्ञान गुनका कुरा
दौदिरहन्छ कुनै मन, गिँड बिनाको टाउको
सोचे मनले भलाई, कल्याण छ सबको।
धैर्य गरि ध्यान गरुँ, मनले के भन्छ
जिवनमा हिंड्ने बाटो, मात्र दुई हुन्छ
सोचे राम्रो मनले सबलाई, धर्मको कमाई
पापी मनको तिर्सना, दुखी जीवन गुमाई।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुटौं, नफुटौं

फुट लेराउने कुरा नगरौ साथी
त्यसका पछाडि झुट धेरै हुन्छन्
जातीयताको कुरा नगरौ साथी
घटिया मानसिकताले जन्म लिन्छन्

बिग्रन र बिगार्न सजिलो हुन्छ
त्यही बनाउनु परे हाम्रो जूनी बित्छ
पुर्खाले आर्जेको सम्पति हाम्रो
हामी फुटे गवाँर आई लुट्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
HariSharma

बिचार गरेस्!!

दशै आउँछ जान्छ अनि, आउँछ रँगीन तिहार
कोही जिउँछन् हाँसी खुशी, कसैको मलिन मुहार।
सूर्य ढल्की जान्छन् भरे, अनि दिन पछि रात
हिजोसम्म सबै मेरा, भोलि छैनन् साथ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ढोँगी

कुरा गर्छौ धर्म कर्म, बातैपित्छे गाई
कसलाई आफ्ना भन्छौ तिमी, को हुन् दाजुभाइ
कुन धर्मको आडमा बोल्छौ, हेर्छौ कहिले ऐना?
कुन ठेकेदारी काम हो तिम्रो, कसले दियो बैना?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •