mongolian samrat

कुर्नु भन्थ्यौ चौतारीमा

कुर्नु भन्थ्यौ चौतारीमा, पर्खिएको थिएँ
आउँछ्यौ पक्कै तिमी, सम्झिएको थिएँ

जुन तारा उदाइदियो, घाम निदाइदियो
आइनौ र त आधा रातमा, फर्किएको थिएँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गजल

गजल

इच्छा अनि चाहानालाई, कतै फालेर
आफ्नो मनलाई राखेँ, मनले टालेर

दियोले जस्तै उज्यालो, बनाउनु पर्ने
आफ्नो जिन्दगी स्वयं, आफैले बालेर

बिहानी पैलो किरण, सँगै मुस्कुराउँछु
रातभर झरी जस्तै, आँसु खसालेर

उस्तै रह्यो निधार, कहिल्यै फेरिएन
हेरेकै हुँ प्रवासको, पानीले पखालेर

खोज्दैछु अझै खुशी, कसैको निम्ति
हरपल आफ्नो खुशी, हवनमा हालेर

Mongolian Samrat
तसर्पु-९ धादिङ्ग सल्ले
हाल- साउदी अरब

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
MongolianSamrat

स्वतन्त्र गजल

पश्चताप छ एउटै मलाई जिन्दगीमा
पुग्न कहिल्यै सकिन म चाँदनीमा

महल खोज्दै गयौ झुपडीको साथै
सल्काएर आगो तिम्ले यो छातीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •