पश्चताप छ एउटै मलाई जिन्दगीमा
पुग्न कहिल्यै सकिन म चाँदनीमा
महल खोज्दै गयौ झुपडीको साथै
सल्काएर आगो तिम्ले यो छातीमा
भुइँको धुलो सम्झी कुल्चिएर गयौ
फुल्नु रहेछ र पो अग्लो कौसीमा
स्वप्नको महल मैले जलाइदिइसकेँ
नआउनु भो कहिल्यै अब निदरीमा
तिम्रो यादले सताएर जंगल पस्दानी
गाउँछे कोइली तिम्रै बारे बिरहीमा
Mongolian Samrat
तसर्पु-९ धादिङ्ग सल्ले
हाल- साउदी अरब
