Skip to content

करण बुढा मगर 'क्रेजी'

जिन्दगी

जिउन सजिलो छैन जिन्दगी तनाव भइदिन्छ
खुलम-खुल्ला बाँच्न पाउदैन दबाब भइदिन्छ
हाँस्दै बाँच्छु भन्छु तर आँखामा आँसु आउँछ
कसैको माया, साथ र बोली अभाव भइदिन्छ

सोझो मान्छे भएछ (मुक्तक)

सोझो मान्छे भएछ ‘चुतिया’ पत्तै भएन
खै कति बेला भएछ मुखिया पत्तै भएन
हराए पछि मेरो नजरबाट आज भेटियो
बदलेको रहेछ उसले हुलिया पत्तै भएन

क्रेजी मगर

अधुरो गन्तव्य मेरो

अधुरो गन्तव्य मेरो जीवन सम्भव थिएन
उद्देश्य नभएको यात्रा झन सम्भव थिएन

घरमा बुवा पछिको सारा जिम्मेवारी दिँदा
कान्छो छोरामा दिने चलन सम्भव थिएन