Skip to content


मेहफिलमा, गजलको लगाव राखेर
पढ्दै छु दुईचार वटा किताब राखेर

पिएर साहित्य लेख्न मुस्किल हुन्छ
हुँदै हुन्न मित्र गोजीमा सराब राखेर

मन भित्र हजार चोट पीडा हुनुपर्छ
कहाँ हुन्छ,दिमागमा तनाव राखेर

हिजो सपनीमा कविले धम्की दियो
गजलभन्दा कवितामै प्रभाव राखेर

साहित्यमा गजलको चुनौती दिदैछु
अग्रजसँग सुधारको प्रस्ताव राखेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *