प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना
यो समय कति छिटो छिटो चल्छ है ? थाहै हुँदैन समय बितेर गएको । तिमीसँग चिनजान भएको पनि आठ वर्ष पुग्न लागिसकेछ । अनि यो पुग नपुग आठ वर्षको यात्रा खै कसरी कसरी बिते थाहै भएन । मलाई यकिन याद त छैन कि तिमीसँग पहिलो पटक कहाँ बोलेको थिएँ तर मलाई सम्झनामा भएसम्म विद्यालयमा रेडक्रसको पुर्नगठनबाट परिचय भएको थियो हाम्रो ।
त्यो परिचय त्यतिमै सीमित रह्यो म अध्यक्ष, तिमी उपाध्यक्ष अनि अरु साथीहरू अरु अरु पदमा । चलि नै रह्यो यात्राहरू आफ्नै गतिमा, आफ्नै रफ्तारमा । जति जति समय अघि बढ्दै गए परिस्थितिहरू फरक हुँदै गए । हुन त पहिले पनि परिस्थितिहरू आफ्नो अनुकुल त कहाँ पो थिए र ?
