Skip to content

नेपथ्य

जून झैं शीतलु

  • by

जून झैं शीतलु घाम झैं पारिलो
जहाँ जाऊ तिमी,
दाइने चन्द्रमा परोस्
शान्ति
दूवो जस्तै फैलिंदै जाऊ
पाती जस्तै मल्किंदै जाऊ
वर पीपल झैं मेरो
देउरालीमा छाउन आऊ

कता लाग्यौ

  • by

कता लाग्यौ मेरा दिदी दाइ हो
जताततै आगो लाइरछ हो
कुन दिनको श्राप लागेछ हो
गरी खान गाह्रो भैराछ हो
भनिदेऊ भरलाग्दो दाइ
भन्देऊ माया गर्ने दिदी
आपसमा लडी के पायौ?

घटना

आकाश नै साक्षी बस्याछन्, जून ताराले हेरिराख्याछन्
वर्षा लाग्यो उँभो हिमाल मेघ आइरहेथ्यो
काफल पाक्यो चरी गाउँदै रनबन डुल्दैथ्यो
वनै गुराँसले ढाकेथ्यो
चालै नदिई लौ घट्यो है
मैनापोखरी घटना घट्यो