Skip to content


माथि उच्च आकाश उड्दा
सिमलको भुवा झैं उड्यो मेरो मन
सात समुद्र तरेर आउँदा
साथी मैले भेट्न सकिन
घरको कुरा भन्नै मैले पाइन

भित्री कुरा खै कुन्नि के थ्यो
झिलिमिली ईर्ष्या जाग्दै आयो
धर्ती उही हो, आकाश पनि उही हो
के बिघ्न प्रगती हो यो
आँखै सिम पलायो
हुने भए, एकादेशको कथामा झैं
टिपी लान्थे, मेरो देशमा
जहाँ हिमाल हाँसेको छ
गुराँस फुल्ने पाखा छ
रोदी बस्ने गाउँ छ
माया साट्ने मन छ
घरबाट आको म त
खै, के कुरा गरुँ, सुन्दिने कोही भए
समाचार म भन्थें

आमा बाबाले समाचारसँगै, आशिष पठाका छन्
प्रियसीले बिछोडको पीडा पठाछन्
जन्मभूमिले तिम्रो अभाव पठाका छन्
दिन दशा बिग्रेको बेला
धेरै कुरा बिग्रेका छन्

भाइभाइ लडेर वीरता मरेको बेला
गाउँ शहरमा मन डढेको कुरा
पोखूँ भन्थे, सुन्दिने कोही भए त हो

सात समुद्र तरेर आउँदा, साथै मैले भेट्न सकिन
घरको कुरा सुन्ने कोही पाइन
घरको कुरा भन्नै मैले पाइन

शब्द, संगीत – नेपथ्य समुह
स्वर – अमृत गुरुङ (नेपथ्य)
एल्बम – घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *