Skip to content

संग्राम किराती

कुकुर

विहान उठेर नजिकै भित्तामा झुण्डिएको भित्तेपात्रोमा नजर डुलाएँ । आज गुरु पुर्णिमा रहेछ । मनमनै सोचेँ, ‘फेसबुकमा आचार्य गुरुको फोटो राखेर गुरुहरु प्रति सादरभाव प्रकट गर्नुप¥र्याे ।’ आचार्य गुरु मेरो आदर्श व्यक्ति हुन् । म जहाँ जस्तो स्थितिमा छु उनकै मार्ग दर्शनले छु ।

युवालाई

उखु तोरी झैँ घान हाली, पेलिन्छ युवालाई,
गोटि बनाएर क्यारम झैँ, खेलिन्छ युवालाई ।
मिठो सपनाको बल्छी थापी, रंगिन दुनियाँको,
आन्दोलनको भीरमा लगी, ठेलिन्छ युवालाई ।
बलियो काँध युवाहरुको, टेकेर चढ्छन् सबै,
आँटा जस्तै किचेर रोटि झैँ, बेलिन्छ युवालाई ।
रोग भोक शोक प्यास अनि, अभावका कठोर,
जेल नेल र माखे साङ्लाले, जेलिन्छ युवालाई ।
अन्तत सुन्दर भविष्यका, चलचित्र देखाइ,
मूल उमार्न मरुभूमि, धकेलिन्छ युवालाई ।