विहान उठेर नजिकै भित्तामा झुण्डिएको भित्तेपात्रोमा नजर डुलाएँ । आज गुरु पुर्णिमा रहेछ । मनमनै सोचेँ, ‘फेसबुकमा आचार्य गुरुको फोटो राखेर गुरुहरु प्रति सादरभाव प्रकट गर्नुप¥र्याे ।’ आचार्य गुरु मेरो आदर्श व्यक्ति हुन् । म जहाँ जस्तो स्थितिमा छु उनकै मार्ग दर्शनले छु ।
हुनत मलाई उनै गुरुले मैले हुर्काउनु भएको हो तर पछिल्लो पटक उनलाई दुइवर्ष अधि भेटेको थिएँ । पचपन्न वर्षको वरिपरिको उमेर, सेतै फूलेको कपाल, वर्षाँै नकाटेको पतालो दाह्री, हत्तपत्त नधोएको कपडा उनको परिचय हो । उनी बैशाखीको साहाराले हिँडुल गर्थे । हुन त उनी राई जातका हुन् तर बनारसमा बसेर संस्कृतमा आचार्य गरेको हुनाले उनलाई आचार्य भनेको रे । उनी संस्कृत विषयको नि.मा.वि. दरबन्दीका शिक्षक हुन् तर अहिले संस्कृत विषय सरकारले हटाएपछि नेपाली पढाउँछन् । विद्ययालयमा पर्याप्त दरबन्दी नभएको कारण ९ र १० कक्षामा पनि सामाजिक विषय पढाउँछन् । उनको राजनीति शास्त्र र इतिहास विषयमा पनि राम्रो ज्ञान छ । झट्ट हेर्दा उनमा त्यस्तो खास केहि देखिँदैन तर उनीसँगको संगतमा रहने मानिसहरुको लागि आदर्श व्यक्ति हुन् उनी ।
मोवाइलको घण्टी बज्यो । फोन हेरेँ गाउँको बच्चैदेखिको साथि दिलिपको रहेछ । उसको खास नाम राजबहादुर के.सि. हो तर त्यतिबेला राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा निकै चलेको हुँदा उसले ८ कक्षामा पढ्दै गर्दा आफ्नो नामबाट बहादुर घटाएर एस जोड्यो यानेकी राज+एस . राजेश । ऊ मसँग एकदमै मिल्ने साथी थियो । ऊ पनि शिक्षक नै थियो । नियमित रुपमा फोन गरेर हाल खबर सोधिरहन्थ्यो । ‘आज यस्तै केही सोध्ला !’ यस्तै सोच्दै फोन उठाएँ ।
‘हलो ।’
‘हलो, विजय । आचार्य गरु खस्नुभयो यार !’ म आत्तिँदै बोलेँ,
‘के रे ! कहिले ?’
‘आज भर्खरै थाहा पाएको । म त्यतै तिर जाँदैछु ।’
‘कहिले देखि बिमारी थिए ?’
‘हिजो दिउँसो सम्म त सञ्चै थिए बुढा । स्कूलबाटसँगै फर्किएको । म त्यहाँ पुगेर कल गर्छु है ।’
यति भनेर उसले फोन काट्यो । मलाई मुख धुने पनि जाँगर चलेन त्यतिकै बसँे । ल्यापटप खोलेँ दुइ वर्ष अगाडी गाउँ जाँदा उनी आचार्य गुरुसँग खिचेको फोटोहरु पालै–पालो हेरेँ । त्यतिबेला उनले भनेको कुराहरु कानमा गुञ्जिन थाल्यो,
‘शिक्षक भने को माझि हो । सँधै खोला तारि रहन्छ । उसले जँघार तारेको यात्रुरु संसार घुमिसक्ता पनि ऊ चाहीँ त्यही खोलामा वारी–पारी गरिरहन्छ । तिमि पनि उसैगरि संसार सयर गरेर आइपुगेछौ । म भने यहीँ छु ।’
तर उनले गर्वका साथ बोलेका थिए,
‘तर मैले गर्व गर्ने ठाउँ पनि छ। मैले यो समाजलाई जित्ने तिमी जस्ता वीरहरु पनि उत्पादन गरेको छु ।’
त्यहि समयमा उने यो पनि भनेका थिए,
‘ हेर विजय म र तिमिमा पनि कुकुरको जस्तौ बानी छ इमानदारीता र बफादारीता । अरु जस्तो हामी भक्ने काम मात्र गर्दैनौ । यदी त्यस्तो भएको भए तिमी फेरी यो माझीलाई भेट्न यो खोलामा फर्कने थिएनौ ।’
हुन पनि हो, म जुन समय कुन बाटो मेरो लागि सही छ भनेर चिन्न नसकेर बाटो विराउन लाग्दा उनै आचार्य गुरुले मलाई बाटोमा ल्याएका थिए । उने मलाई नैतिक, र्आिर्थक र भौतिक सबै रुपले सहयोग गरेका थिए ।
म मात्र बाह्र वर्षको थिएँ बाबा आमा र दिदीलाई गुमाउँदा । त्यतिबेला आचार्य गुरु मेरै घरमा बस्नुहुन्थ्यो । मेरो बावा प्रा.वि. शिक्षक हुनुहुन्थ्यो । द्वन्द्व चर्किरहेको थियो । मेरो घरमा नयाँ अनुहारका मानिसहरु आउने जाने भइ रहन्थ्यो । केही हप्ता पछाडी सौनिक पोशाक लगाएका र बन्दुक बोकेका चालिस÷पचास जना मानिसहरु आए । उनीहरु करीब हप्ता दिनको बिचमा आइरहन्थे । आमाले चामल दिनुहुन्थ्यो । उनीहरु पकाएर खान्थे । कहिले भाले समातेर काट्थे त कहिले खसि बोका । म उनीहरु कुरा गरेको सुन्थेँ,
‘पञ्चायति सामान्तको घरमा खानुको माजा नै बेग्लै छ कमरेडहरु !’
सबै कमरेडहरु गर्वका साथ मुस्कुराउँथे । तर देश र जनताको निम्ति लडेका ति कमरेडहरुले मेरो परिवारको मनमा के चलिरहेछ कहिल्यै बुझेनन् र बुझ्ने कोशिस पनि गरेनन् । करिब तीन महिना जति यस्तो आउने, खाने, बस्ने र जाने चक्र चलिरह्यो । तर एकदिन अलि फरक किसिमका मानिसहरु आए पोशाक उस्तै, बन्दुक उस्तै तर व्यवहार फरक !
शनिबारको दिन थियो । म घर माथीकोे जंगलमा गोरु चराउँदै थिएँ । आचार्य गुरु पनि मसँगै हुनुहुनथ्यो । बाबा र आमा करेशामा काम गर्दै हुनुहुन्थयो । दिदी भित्रै तिर काता थिइन् । आएकाहरु कोही घरपछडी कोही गोरुको गोठ नजिकै बन्दूक तयार पारेर बसे । धारको डिलबाट भित्र तिर फर्केर उनीहरुको नेता कड्क्यो,
‘साला आताङ्ककारी मास्टरको घर यही हो ? ए केटा हो घर सर्च गर ।’
केही केटाहरु तनक्क तन्किँदै घरभित्र छिरे । दिदी भित्रबाट आत्तिँदै बाहिर आइन्, आमा बाबा पनि करेशबाट आगनसम्म आउनुभयो । उनीहरुले बाबा आमालाई के भने सुनिएन । केही बेरपछि केटाहरु तनक्क तन्किँदै एउटा झोला र कागजको पोको देखायो । मैले गोरु बाँधेर आगनमा पुग्दा काँधमा खुकुरी र कलमा भएको मानिसले भन्दै थियो ।
‘ के हो यो सब ? साला सरकारको नुन खाने अनि त्यही सरकारलाई बम हान्ने ! लिएर हिँड केटा हो ।’
बाबा केही भन्न खोज्दैहुनुहुन्थ्यो तर उसका केटाहरुले बोल्न दिएनन्। आमाले बिन्ति गर्नुभयो तर राक्षस जस्तो अनुहार भएको सा’पले सुन्न चाहेन । सुने पनि नसुने झैँ ग¥यो । बेलुका रेडियो नेपालले समाचार बजायो,
‘सुरक्षा फौजले भोजपुरबाट एक जना माओवादी आतङ्ककारीलाई पक्राउ गर्न सफल भएको छ । भोजपुरको पश्चिमी गाउँबाट पक्राउ परेका माओवादी आतङ्ककारीको नाम जीवन राई रहेको छ । नीजको साथबाट एक थान ग्रीनेट तथा महत्वपूर्ण दस्तवेज फेला परेको छ । शिक्षक पेशामा संंलग्न नीजले आङ्ककारीलाई सुराकी, चन्दा आतङ्क तथा लुकिछिपी आतङ्ककारी गतिविधी गरेको जानकारीको आधारमा सुरक्षा कर्मीले नीजको घरमा छापामारेको जनाइएको छ ।’
बाबालाई भेट्न हामीले धेरै कोशिस गरियो तर कहिल्यै पनि भेट्न दिइएन । न त सहानुभुती दिनका लागि कमरेड भन्नेहरु नै आए । करिब एक महिना पछि साँझमा म घर भित्र पस्ता आमा र दिदी दुबै भूइँमा लडिरहेको भेटेँ । दिदीको कपडा च्यतिएको थियो । आमाको पनि कपडा अस्त–व्यस्त थिए । तर कसले ग¥यो ? कसैले थाहा पाएँ वा देखेँ भनेन । मैले आमा र दिदीलाई धेरै बोलाएँ, झकझकाएँ, कराएँ, चिच्याएँ तर न त बोले न त उठे । गाउँलेहरुले मलाई सम्झाए, फकाए, माया, सहानुभूती जानेको जति सबै दिए । भोलीपल्ट त्यही पाङ्ग्रे कपडा लगाउनेहरु आए हेरे अनि पोष्टमार्टम गर्नु पर्छ भनेर गाउँलेहरुलाई बोकाएर जिल्ला अस्पताल तिर लगे । मेरो हातमा कागज थमाइयो तर मैले केही पढ्न जानिा न त जन्ने कोशिस नै गरेँ किनकी मेरो अगडी सबै कुरा छर्लङ्ग थियो । त्यो पढिरहन कुनै जरुरत थिएन ।
म पराल ओछ्याएर घरको कुनामा सेतो टालो बाँधेर बसेको थिएँ । आचार्य गुरु आउनु भयो । मेरो नजिकै बस्नुभयो । त्यसै बेला कोही बुढो मान्छे वान्तवा भाषामा भन्दैथियो।
‘त्यो आचार्यले दुःखमा बसेको केटालाई छुला है। मूला आफ्नो धर्म चाहीँ बाहुनको जनैमा साटी खायो । अहिले खुब जान्ने हुन्छ ।’
तर आचार्य गुरुले बुझेनन् वा बुझ्न चाहेनन् । उनी अटेर गरेर मेरो छेवैमा बसे । मलाई रामैरी हेरेर बोल्न थाले
‘हेर भाइ ! चित्त नदुखा, न रोइ बस त भन्न सक्तिन तर हिम्मत नहार चाहीँ भन्न सक्छु । मेरो जीवनमा पनि तेरो जस्तो घटना नभएको होइन। तर पनि यतिबेला तँलाई ठूलो चोट परेको छ । आरामा गर पछि गफ गरौँला ।’
यति भनेर आचार्य गुरु जानुभयो । म आमा र दिदीलाई सम्झँदै तन्द्रामा अल्मलिएँ ।
आमा र दिदीको काम सकियो । बाबासँग भेट्न पाएको थिएन । म फेरी विद्यलय जान गएँ तर मैले त्यहाँ पढ्ने वातावरण पाइन । मसँग कोही बोल्न त के आँखा जुधाउन पनि तयार थिएनन् । उनीहरुको शंकालु आँखाले मलाई लुकिचोरी हेर्थे । म बस्ने बेन्चबाट मेरा साथीहरु अर्कै बेञ्च तिर सरे तर मलाई केही भनेनन् । म एक्लै बसेँ । त्यसरी नै दिन बित्दै थियो । मेरा साथीहरुको म प्रतिको व्यवहार परिवर्तन हुन थाल्यो । हिजो सम्म मसँग बोल्न नसक्ने आवजबाट ‘आतङ्ककारीको छोरा’ भन्ने आवाज निस्कन थाले । मेरो आमा र दिदीको बारेमा अनेक कुरा गर्न थाले । मेरो बाबालाई देशद्रही भन्न थाले । मलाई गिज्याउन थाले । एकदिन साहै्र असह्य भयो मैले पारी टोलको बाहुनको छोरोलाई एक लात हानेँ । उसले मेरो परिवारको बारेमा मैले सहन नसक्ने गरी वर्णन गरेको हुँदा मैले उसलाई पुरस्कार दिएको थिएँ । भोलिपल्ट विद्यालयमा सबै गाउँले अविभावकहरुलाई बैठक बोलाइएको रहेछ । त्यो बैठकले मलाई ‘आतङ्ककारीको छोरा’बाट ‘अतङ्ककारी’मा बढुवा ग¥यो । मलाई त्यहाँ पढृन नदिने निर्णय गरियो । कारण थियो उपाध्य बाहुनलाई लात हानेको ।
धर्म संस्कृति बाहुनको जनैसित साट्यो भनेर आचार्य गुरुलाई गालि गर्ने मेरा वंशहरु मैले बाहुनलाई लात हानेर आफ्नो परिवारको बदनामी विरुद्ध लड्दा मेरो बचाउन गर्न चुँ सम्म बोलनन् । बरु त्यही समाजले लाचाभनेकोआचार्य गुरुले मेरो काँधमा हात राख्तै सहानुभती र ढाडस दिँदै बोले,
‘हेर भाई यो समाजका मानिस भनेको कुकुर जस्तै हो । म एकदिन बनारस सहरमा थोत्रो कपडा लगाएर हिँडिरहेको थिएँ । त्यहाँ एक हुल कुकुरहरुले मलाई बेस्करी भुक्तै लखट्यो । फेरी म गाउँ फर्किएँ । गाउँ आउँदा म सुकिलो र राम्रो कपडा, जुत्ता र चस्मा लगाएर आएँ । यहाँका एक हूल कुकरहरुले मलाई बेस्करी भुक्तै लखट्यो । तिनिहरुको लागि म अनौठो थिएँ । उनीहरुले मलाई पचाउन सकेनन्् । त्यसैले उनीहरुले मलाई लखटे । कुकुरहरु विभिन्न प्रकारका हुन्छन् । कोही मालिक प्रति बफादार त कोही चोर । मालिक प्रति बफादार कुकुर अरुप्रति आक्रमक हुन्छ तर चोर कुकुर जति आक्रमण गरे पनि केही आवाज निकाल्दैन टाङ्गमुनी पुच्छर लुकाएर भाग्छ । कुकुरको बानी व्यहोरा मालिकले निर्धाण गर्छ । समाजको आचरण राज्य व्यवस्थाको उपज हो । राज्य व्यवस्था र राजनीतिक चेतनाको स्तरले यसको आचरण निर्धारण गर्दछ ।’
‘हेर विजय म पनि तँ जस्तै अवस्थाहरुको शिकार बनेर यहाँसम्म आइपुगेको हुँ । मेरो बाजे राणाकालको बडा हाकिम थिए । प्रजातन्त्र आयो । मेरो बाबाको जन्म भयो । मेरो बाबा उदार दिल भएको हुनुहुन्थ्यो । तर उहाँको उदारता पञ्चे शासकहरुलाई मन परेको थिएन । न त उहाँको विचार राज्य व्यवस्था परिवर्तन गर्नु पर्छ भन्ने काँग्रेस र कम्यूनिष्टले नै बझेका थिए । विद्रोहीहरु सामन्ती भनेर सँधै निशाना लगाइ रहे अर्काे तिर सरकारले निगरानी । एकदिन मेरा बाबा मृत फेला पर्नु भयो । कसले मा¥यो वा आफै मर्नु भयो यकिन भएन तर मलाई चाहीँ यकिन थियो मेरो बाबालाई यही समाजका बफादार कुकुरहरुले मारेको हो । म यो गाउँमा बस्न सकिनँ बनारस गएर पढेँ, बढेँ र हुर्किएँ । शिक्षा लिइसकेपछि गाउँ फर्किएँ आफ्नो गाउँमा सेवा गरौँ भनेर गाउँ फर्किएँ । तर यो समाजले मलाई धर्म संस्कृति साटेर खाइस् भनेर भुक्न थाले । जसोतसो टिकिरहेको थिएँ फेरी अर्काे राज्य व्यवस्था परिवर्तन गर्न आयो माओवदी । संस्कृत पढाइ रहेको मलाईबाहुनवादको अन्त्य गर्ने भन्दै जनै र टुप्पीको अर्थ सोध्यो । मैले उत्तर दिन नसक्ता खुट्टा भाँचिदियो । आज तेरो पनि यही हाल भइको छ तर हरेश नखा तेरो पनि दिन फिर्छ ।’
हेड सर तिर फर्कर बोल्नुभयो,
‘हेर्नुस् सर, स्वास्नीले घरबाट ताल हानेर निकालेको महामुर्ख कालिदास संसार कै विद्वान बनेर फर्किन्छ । तीस वर्ष सम्म अक्षर नचिनेको काले राई स्वामी प्रपन्नचार्य बन्न सक्छन् । यो केटा पनि कुनै दिन समाजको मार्गदर्शक बन्न सक्छ । यसलाई अहिले नै अहङ्ककारको बाटो हिँड्न बाध्य नपार्नुस् । यसले पनि एक मौका पाउनु पर्छ सर । मेरो तर्क यो हो सर अरु बाँकी तपाईको निर्णय ।’
हेड सरले केही नबोली निर्णय लेखेको निणर्य पुस्तिका च्यात्नुभयो । मेरो अगाडी उभेको राजबहादुर के.सी. उर्फ राजेशले मेरो हात समातेर मलाई कक्षा कोठामा लग्यो । त्यस दिन देखि आचार्य गुरु मेरो आदर्श हुन् राजेश मेरो साथी ।
२०६२÷६३ आन्दोलनपछि शान्ति वार्ता भयो । म काठमाडौँमा स्नातकोत्तर अध्ययन गर्दै थिएँ । मैले बाबाको धेरै गरेँ तर पत्ता लागेन । उहाँको कुनै रेकर्ड भेटिएन । बरु मलाई द्वन्द्व पडितको परिचय पत्र प्राप्त भयो ।
एकदिन राजेशले एउटा पत्रिका बोकेर आयो । त्यसमा द्वन्द्व पिडितलाई सरकारी सुविधा लिनको लागि सुचना गरेको रहेछ । आचार्य गुरु, म अनि राजेश स्थानिय शान्ति समितिको कार्यालयमा पुग्यौँ । तर त्यहाँको कर्मचारीले मेरो नामको सुविधा एकजना नेताले लिइसकेको कुरा जानकारी दिए । हामी सदरमुकाम मै बस्ने ती नेताको निवासमा पुगियो कुराकानी गरियो । उसले ब्वाँसोको जस्तो हाँसो देखाउँदै भन्यो,
‘कुरो के भने नि भाइ मलाई अलि गाह्रो भइ रहेको छ , अब यसो सत्ता पक्ष कहिल्यै हुन सकिएन । यसो सम्झिएँ, भाई राजधानी तिरै बस्ने । अब रामै्र व्यवस्थापन गरेको मान्छे । भाइलाई यसले खासै ठूलो महत्व पनि राख्तैन । फेरी भाइ पनि आफ्नै मान्छे । त्यसैले मन जितेर त्यसो गरिहालियो । भाई माइन्ड नगर्नु है ।’
नेता ज्यूले खाना ख्वायो । बाबा, आमा र दिदीको बारेमा कुरा ग¥यो । उसले त्यतिबेला परिस्थितीको कारणले गर्दा सहयोग गर्न नसकेको हुँदा चित्त नदुखाउन अनुरोध पनि गर्न भ्यायो । म भोलिपल्ट घर गएँ । घरमा आचार्य गुरु बसिरहनु भएको थियो । मलाई गरुले पहिले भनेको कुराहरु याद आइरहेको थियो । मैले गुरुलाई प्वाक्कै सोधेँ,
‘गुरु, तपाइले भनेको कुकुर र समाजका मानिसहरु उस्तै हुन् भन्नु हुन्थ्यो । तर नबुझेको एउटा कुरा, समाजका मानिससँग मालिक प्रति बफादार र चोर कुकुरको चाँही के सम्बन्ध छ ?’
गुरुले हाँस्तै भन्नु भयो,
‘धत् लाटा ! यत्रो भएर त्यति पनि थाहा छैन ! बफादार कुकुर जो करमरेडहरु र खाकी बर्दीवालाहरु हुन् । जसले आफ्नो मालिकलाई खुसि बनाउन तिम्रो संसार उजाड बनायो । चोर कुकुर जो नेताजी हो जसले तिम्रो सुविधा व्वाँसो झैँ टाङ्गमूनि पुच्छर लगाएर ङिच्च हाँसेर पचाइ दियो । अब त बुझ्यौ ?’
मैले हाँस्तै भने, ‘बुझेँ ।’
ल्यापटपबाट गुरुको एउटा फोटो फेसबुकमा अपलोड गरेँ । क्यप्सन,
‘गुरुको आत्मालाई चीर शान्ति पाओस् !’
निकैबेर प्रतिक्ष गरेँ राजेशले फोन गरेन । कक्षाको समय भइसकेको थियो । म समाजशास्त्र एम ए दोस्रो वर्षको कक्षामा प्रवेश गरेँ विद्यर्थीहरुले उठेर अभिवादन गरे । मैले धन्यवाद दिँदै बस्न इसारा गरेँ । मैले विद्यार्थीहरुलाई आफूतिर आकर्षित गर्दै बोलेँ,
‘आज हामी केही फरक ढंगबाट समाजको अध्ययन गर्छाैँ । आजको कक्षाको विषय छ, कुकुर………….!’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *