Skip to content

राजकुमार पुडासैनी

अन्तिम युद्ध

अन्तिम युद्ध

आमा तिमीले जन्माएका कुपुत्रहरुसंग
फेरी अर्को यूद्द लड्न मन छ
आफ्नै आमालाई सारेआम बलत्कार गरेर
दिउसै रात पार्न खोज्ने बुख्यांचाहरुलाई
उत्तर र दक्षिण दिशा फर्काएर
तिम्रै पवित्र मन्त्रहरू पाठ गर्दै
चण्डी रणचण्डि र उग्रचण्डी जगाएर
खुलेयाम शिरोच्छेदन गर्न मन छ
तिम्रा कहिल्यै नझुक्ने स्निग्ध सफा सेता
हिमालका ती टाकुराहरूलाई निहुराउनेहरूसित
माॅ कस्सम बीर अमरशिह, भिमसेन थापा र
बलभद्र कुँवरको कसम खाएर
काली, महाकाली र भद्रकालीको मन्त्र जप्दै
टुडिखेलमा झुण्याएर मार्न मन छ
पुर्खाले आफ्नो रगत र पसिना बगाएर

कोरोना आतंक

त्यो घनघोर बिश्मयकारी बनेर आयो
आशाध्यै प्रलय तर अदृश्य भएर आयो
जल,थल,आकाश मार्ग हुँदै
पृथ्वीको चारै दिशा घेरेर आयो
मानव अश्तित्वलाइनै मेटाउन
उत्पात हुण्डरी बनेर आयो

पहाड

अग्लो भूभाग
थुप्रै थुप्रो, चाङ्गका चाङ्ग, रासका रास
थुपारिएको ठाउँ
त्यो माटोको पनि हुनसक्छ
ढुंगा र बालुवाको पनि हुनसक्छ
अथवा दुखै दुखको पनि हुनसक्छ

जीवनको अर्थ

बलेंसीमा खसेको जूनको उज्यालो
आँगनको डिलमा फुलेको फुल
मझेरीमा मधुरो प्रकाश छरेर बलेको दियो
प्रेमिकाको मनहरू पोखिएर
भरिएका पुराना चिट्ठीका चाङहरू
चाहेर पनि

त्याग

त्याग

हे सखे-
मलाई पनि,
तिमीले बर्षौं बिताएका
दिनहरु जस्तै गरी बिताउन मन छ,
तिमिले कल्पना गरेर सजाएका
अनगिन्ती चाहना र रहरहरु पुरा गर्न नपाएका –
जीवनका ती अधुरा सपनाहरुलाई
एक पछि अर्को गर्दै
पुरा गर्न मन छ
मेरो खातिर
तिमिले बिताएका पट्यार लाग्दा
लामा रातहरुसंग साट्न मन छ
यदि मान्छ्यौ भने
मेरो लागि तिम्रा ती आँखा बाट झरेका
अनमोल आँशुका थोपाहरुको
मोल तिर्न मन छ
मिल्छ भने
मेरा लागि सांचेर सकिएका
तिम्रा ती रहर लाग्दा जवानी, बैंश र उमेरहरू
सबै सबै एकै चोटी जस्ताको तस्तै
फिर्ता गर्न मन छ
साच्चै तिम्रो कसम- सकें भने
हे सखे