मायाको सागरमा डुबेर बिताएँ
बिना अर्थ तिमीलाई पर्खेर बिताएँ
यो शहर पुरानो बिरानो त्यो नाता
तिमीले भुले नि सम्झेर बिताएँ
न जीवनमा चैन भो न सुत्नै सकेँ म
हर रात व्यर्थै रोएर बिताएँ
न फुक्ने पासोमा फसायौ किन खै ?
अचानो झैं चोटै चोट खाएर बिताएँ
यी सब तमासा माया भो लिलामी
मेरो सब जवानी सुम्पेर बिताएँ
जवानी तिमीलाई दिएर बिताएँ
