Skip to content

जनार्दन कट्टेल

जिन्दगीको गजल

जिन्दगीको कहानीको यस्तो पर्दाफास भयो
सधैं यो मन ढुङ्गा रह्यो, थोरैमात्र कपास भयो

ठुलालाई चैन अनि सानालाई ऐन देखें,
समानता, न्याय मर्यो सधैं यस्तै बकवास भयो

आकाशमा

यो वर्षा र झरी साथै, बादल छ आकाशमा ।
साँच्चै के छैन र ! कस्तो मालामाल छ आकाशमा ।। १।।

अमृत वर्षा भए मात्र, जीवन धन्य यो बन्दछ
बादलु भित्रको घैला, छ्यालब्याल छ आकाशमा ।।२।।

छेका

मुद्दा फाँटमा केही कामहरु गर्दै थिएँ । अचानक एउटा अत्यन्त आकर्षक विवाहको कार्डसँग आँखा जुधे । नपढ्ने कुरै थिएन ।

मैथिली भाषामा लेखिएको त्यो कार्डले एकदिन मेरो मथिङ्गल हल्लाउछ भन्ने कुरा जीवनमा कहिल्यै सोचिएनछ । तल देखि माथिसम्म दोहोर्‍याएँ ।

उमा रमा सुधि शारदा ब्रह्मा विष्णु महेश ।
शुभविवाह सुखमय करु गौरी पुत्र गणेश ॥

‍‍‍….. तिम्रा दुई आँखै बैमानी

हैट कान्छी ! तिम्रा दुई आँखै बैमानी ।
कर्के नजर जुधाउने भाकै बैमानी ।।

मदहोशै बनाउछ्यौ ओठ टोकी टोकी
तकीया नै बनाउँ जस्तो काखै बैमानी ।।

तिम्रो कसम ! मर्छु होला तिम्लाई हेरी हेरी,
नरम पच्छ्यौरी र चोली ढाकै बैमानी ।।

बन्ने थिंए राजा तिम्राे , स्वीकार न कान्छी !
भोली भन्दै टार्ने तिम्रो भाखै बैमानी ।।

सुन्दरताको के कुरा भो र तिम्रो अघि
खोंच, हिमाल, खोल्सा अनि पाखै बैमानी ।।

रचना मिति २०७३।०९।२०

मेरो देश

हिमालको सुशोभना, छ अन्त खै कहिँ कतै
पहाडको तारुण्यता छ विश्वमा कहिं कतै
अर्पूव छ स्वदेश यो जहाँ तहाँ जता ततै
तिमी मभित्र नै यतै लुकेकोछौ जहाँ जतैं ।। १।।

जन परिश्रमी सदा छ उर्वरा मधेशको
र मोहनी, छटा, मनै हुरुक्क विश्वकाे
सबै पवित्र सन्तति यो देशका सबै मणिऽ
उठौं जुरुक्क भै सबै विकासको छ यो घडिऽ ।।२।।

janardan

झुसिल्किरा

छन्दः बालाेरी
**************
ठूला ठूला नाङ्लाभरी
के ल्यायौ हातमा ?
हेर्न जाँदा झुसिल्किरा
किम्बूका पातमा ।।

किन ल्यायौ झुसिल्किरा
किम्बुका पातमा ?
छोयो भने नराम्ररी
झुस बिझ्छ हातमा

जुनी फेरी पुतली भई
उड्न थाल्छ झुसिले
रेसम किरा भएर
नाच्न थाल्छ खुशीले

किम्बुको पात खाँदै
झुसिल्किरा बढ्यो
हेर्दा हेर्दैं खोलभित्र
लुक्न पो थाल्यो ।

भूमीको पुकार

भूमीको पुकार – झ्याउरे छन्द
******************************

कालीको शीर एक्लो भै रून्छ लिपुको त्यो लेक ,
रूदैछ भूमि नबन तिमी अबुझ अदेख ।।
देशका भक्त, जागेर उठ लिएर अठोट
कसैले किन यो भूमीलाई पुर्यायो कि चोट ? ।।१ ।।

पछाडिबाट धस्दैछ दाह्रा, शत्रुले आएर
भाइ हु तिम्रो भनेर खुबै बखान लाएर
जोगाउ दाजु, जोगाउ भाइ, यो भूमी तिम्रै हो
पुकार्छ माटो जोगाउनु छ कर्तब्य हाम्रै हो ।।२।।

मिचियो देश, चिरियो छाती पीडा भो मनमा
नेताले बोले नेताकै बोली म परें रनमा
कस्तो हो हाम्रो यो स्वाभिमान कसरी जोगाउ ?
सीमाको खम्बा ताकत शक्ति रक्षार्थ खटाउ ।।३।।

जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?

JanardanKattel

अन्तरजातीय विवाह

कार्यालयको कामको सिलसिलामा हाम्रो टीम विर्तामोडमा फिल्ड मुकाम बनाई बसेको थियो । होटल विनायकमा ।

“म्याडमलाई अस्पताल लिएर जगन्नाथ सर आउनु भएको छ अरे । म्याडमको अवस्था गम्भीर छ रे ।” सरोजले कोठा भित्र छिर्दा छिर्दै भन्यो ।

मैले आनी छोइङ डोल्माको ‘फूलको आँखामा’बाट आफ्नो आँखा हटाएर जिज्ञासु बन्दै सरोज र पुष्करलाई पालैपालो हेरें ।

जब निसाफ पाउने सुचिमा पिडीत थिएन

जब मलाई मर्नेको डर किञ्चित थिएन।
तथापि मरण हो कहिले निश्चित थिएन ।।

म मर्नका लागि कफन बाँधी निस्कदैथिएँ,
कसैले मलाई सम्झाउनु उचित थिएन ।।

ए मान्छेहरु ! तिम्रो अहंकारले सीमा नाघ्यो,
किन कोही कसै प्रति विनित थिएन ??

के प्रेम फगत थियो त बाब् आमाको ?
देखें आशिष पश्चात् छोरा हर्षित थिएन।।

अदालतबाट फर्केर यसर्थ निराश भए म
जब निसाफ पाउने सुचिमा पिडीत थिएन ।।

…होनहार बाँचेकोछ

मेरो देशमा कोही होनहार बाँचेकोछ ।
त्यसैले त मूलुक सदाबहार बाँचेकोछ ।।

कयौ सम्राज्यले फडा उठाइरहे पनि
मरेन मातृभूमी लगातार बाँचेकोछ ।।

नेताको त खासै भर लाग्दैन मलाई
खैर छाडौ, जनताको खबरदार बाँचेकोछ ।।

विश्वब्यापी छ मेरो देशको राष्ट्रियता
यो स्वाभिमान सीमा वारपार बाँचेकोछ ।।

कंहि छन्‌कि जन्मभूमीलाई ठेस पुर्याउनेहरु
साबधान !! अझै कोही लम्पसार बाँचेकोछ ।।

अतिरिक्त शेर,
कयौं याम इतिहासका, शिशिर भए पनि,
अझैं गुलाबी बागको यादगार बाँचेकोछ ।।