जिन्दगीको कहानीको यस्तो पर्दाफास भयो
सधैं यो मन ढुङ्गा रह्यो, थोरैमात्र कपास भयो
ठुलालाई चैन अनि सानालाई ऐन देखें,
समानता, न्याय मर्यो सधैं यस्तै बकवास भयो
बलात्कृत भइन् चेली, किनबेच भयो रोज यहाँ
कठै मेरो देश, सधैं पापीलाई स्याबास भयो
मृत्यु बिक्यो बजारमा, देख्छु क्रेता जताततै
आत्माको मोल कौडीको भो, यस्तै केही आभास भयो
रुपैयाँको ऐना हेर्दा, घिनैलाग्दा नाता देख्यौ ?
यँहाको रीत यस्तै रैछ जनार्दनको जवाफ भयो
