अल्पजूनी साउद भरत गद्य कविता by Bharat kumar saudJune 27, 2020किर्नाहरुको कुनै विचार हुँदैन किर्नाहरुको कुनै सिद्धान्त हुँदैन बूढो गोरुको टाङमुनि टासिएर घिन लाग्दो झुण्ड बनाउनुबाहेक किर्नाहरुको कुनै आदर्श हुँदैन किर्नाहरू आफैँ उफ्रन सक्दैनन् उनीहरू आर्फैँ बाटो पहिल्याउन सक्दैनन् आफ्नै आँखा हुँदैनन् किर्नाहरुका