Skip to content

चिरञ्जीवी दाहाल

हाँसौ रमाई बसौं

खाएकै पनि हो जिरा र अदुवा, बेसार पानी पनि
कोरोना भनिने अजीव लठुवा, जादैन खै तै पनि ।
पाहूना बनि यो पसेछ धरती, फर्केर जाँदैन त्यो
जोरी खोज्छअझै मनुष्य सँग लौ, झर्केर बोल्दैन यो ।।

यो पापी यसरी पसेर सजिलै, भत्काउने भो घर
कुम्भैकर्ण बनेर सुत्नु अघिनै, ए लौन केही गर ।
अत्यन्तै कमजोर बृद्ध छ भने, त्यो दुष्ट हाँस्दो भयो
लापर्वाह अटेर भेट्दछ भने, गाँजेर मास्दो भयो ।।