हाँसौ रमाई बसौं


खाएकै पनि हो जिरा र अदुवा, बेसार पानी पनि
कोरोना भनिने अजीव लठुवा, जादैन खै तै पनि ।
पाहूना बनि यो पसेछ धरती, फर्केर जाँदैन त्यो
जोरी खोज्छअझै मनुष्य सँग लौ, झर्केर बोल्दैन यो ।।

यो पापी यसरी पसेर सजिलै, भत्काउने भो घर
कुम्भैकर्ण बनेर सुत्नु अघिनै, ए लौन केही गर ।
अत्यन्तै कमजोर बृद्ध छ भने, त्यो दुष्ट हाँस्दो भयो
लापर्वाह अटेर भेट्दछ भने, गाँजेर मास्दो भयो ।।

हाम्रो यो अति नै पुरानु चलनै, मिल्काउने भो अब
नौलो खेल मुताबिकै हुनगयो, गाडेर छोड्यो शव ।
घारोमा शव राखि घाट नपुगी,अन्यत्र मिल्काइयो
बारीको तुलसी छिमेक नजुटी, दागै बिना फाल्दियो ।।

ईष्टै मित्र छिमेक अन्य जनको, सातो उडायो अहो
एकै स्थान मिलेर बस्न नहुने, आचार जारी भयो ।
व्यर्थैमा नडराउँ कत्ति घरको, काजै समाई बसौं
जन्मेको किन हो बुझाउँ मन यो, हाँसौ रमाई बसौं ।।

छन्द :- शार्दुलविक्रीडित
कालिका ६ चितवन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *