Skip to content

निसेमाङ् बैरागी लिम्बु

IMG_20210127_141242

ढाक्रे जिवन

भिरेर दुःखको गहना आफ्नो मनमा।
अनन्त यात्रामै टुङ्गो विहिन यात्री भई।।
मन निसासिदो हुन्छ एक्लो हुदा वनमा।
दुखको आँसु पिउँदै क्षण क्षणमै मन रोई।।

गरीव कोखमा वास मात्रै लिएँ ।
विचार सधै उच्च थियो के गर्नु मैले ।।
मुटुको व्यथाको स्पर्शको अनुभुती मस्तिस्कलाई दिए ।
शिशु अवस्थामै टुहुरो भई कष्ट छ जहिले ।

भई दियो गहना मेरो ढाकर तोक्मा ।
गुजार्नु छ जिवन मैले ढाकर तोक्मा लिई ।।
जुर्दैन भाग्य कहिल्यै अभागी कोखमा।
मनको ज्वाला फाट्यो दुखमा आँसु पिई।।

भन्छन कोहि अबुझ मलाई ढाक्रे जिवन।
ढाकरको माध्यमले जिवन गुजार्नु छ मैले।।
दुखिया जिवनमा सर छैन अब हुँदा नि निधन।