Skip to content

दिल साहनी

NandaLalAcharya_YugUchalne

‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन

  • by

नन्दलाल आचार्यले मलाई ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को भूमिका कोरिदिनका लागि यस्तै एक वर्षअघि पाण्डुलिपि पठाएका हुन् । उनको भनाइ थियो, मैले पनि नाटक लेख्ने हुनाले उनका नाटकको मर्म बुझ्न सक्छु होला । तर आचार्यले पुस्तक प्रकाशित गर्न केही ढिलो हुने हुनाले मलाई हतार गरेर भूमिका लेख्न पर्दैन भनेका थिए । यसैले पनि मैले नाटकहरू पढेर भूमिका कोर्ने कुरामा जाँगर चलाएको थिइनँ । नाटकहरू मेरा कम्युटरमा सुरक्षित थिए । तर उनले झन्डै तीनचार महिनाअघि देखि मलाई भूमिका लेखिदिन ताकिता लगाएकाले मैले त्यसको थालनी गरेँ । यसैबीच अरू पनि लेखनको जिम्मेवारी पूरा नगरी नभएको हुनाले मलाई ती काममा अल्मलिन पर्यो । यसैले मैले निकै ढिलो यो भूमिका तयार पारेँ । भूमिका लेखिसकेपछि मलाई लाग्यो, कतै यस्तो पनि भूमिका हुन्छ र ? म यो लेखनलाई भूमिका भन्न तयार छैनँ । मैले भूमिका भने पनि अरूले त्यस रूपमा स्वीकार गर्ने छैनन् । यसैले मैले यस लेखनलाई भूमिका नभनेर ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन भन्न रुचाएँ । वास्तवमा यो भूमिका नभएर आर्चायको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययनमात्र हो । मलाई थाहा छ, आचार्यका नाटक (एकांकी) अत्यन्त महत्त्वपूर्ण छन् । यदि यस अध्ययनले आचार्यको नाटकको महत्त्वमाथि प्रकाश पार्न सकेछ र त्यसप्रति पाठकको पनि ध्यान आकृष्ट गर्न सकेछ भने म मेरो अध्ययनलाई उपलब्धिपूर्ण मान्नेछु । ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा जम्माजम्मी पन्ध्रओटा एकांकी/नाटक समावेश छन् । म प्रत्येक नाटकका बारेमा अवधारणा प्रस्तुत गर्ने जमर्को गर्दछु ।

बवाल

  • by

रातिको दस बजेको थियो । म कम्प्युटरमा बसेर कथा कोर्दै थिएँ । मैले पहिले पनि दुई-तीन चोटि मेरै घरमा देखिसकेकी एक जना महिला हुत्तिँदै ढोका खोलेर सरासर मेरो अगाडि आएर खडा भई । मैले उसका अनुहारमा नजर लगाएँ । ऊ रोइरहेकी थिई । उसका आँखाबाट बर्खे झरीजस्तै आँसुका धारा बगेका थिए । बालाजुका बाइसे धाराजस्तै आँसु बगेका थिए । उसको ब्लाउज च्यातिएको अवस्थामा थियो । उसले मलाई रुँदै भनी – दिदी कहाँ हुनुहुन्छ ?

भाग्य

  • by

पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड किशोर यसरी सुकुम्बासीबाट महलवासी हुन पुग्लान् तर यथार्थ यही थियो । सत्य यही थियो ।