रुपबजारकी नोरा
‘भो बुझ्नु पर् या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।’ पूर्णिमाले भनी ।
कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाकॊ भेटघाट भएन ।
सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । ‘क्या हो बाबु ! हाम्रो पनि त पसल छ जाने होइन ‘ सधैँ कोही न कोही उसको नजिक आएर सोध्थे । यसबीच थुप्रै अनुहार दोहोरिए । थुप्रै नयाँ अनुहार थपिए । अहँ पूर्णिमा कतै देखा परिन ।
