Skip to content

ईश्वरमणि अधिकारी

सहरसँग

जब जब म,
यो सहर छाड्ने कुरा गर्छु
समात्छ स्वप्नमा पनि मलाई यो सहर
किन माया गर्छ ?
यो सहर मलाई ?

जन्में –
दूर कतैं म
हुर्कें-
दूर कतै म
त्यो गाउँ, त्यो बस्ती
बेखबर छ -म कहाँ छु ?

IshworManiAdhikari

समयको तस्बिर

  • by


यौटा ख्याउटे झिङ्गे माछो
ठुला माछाहरूको अगाडि
हात थापेर
न्याय मागिरहेछ !

न्याय,
आँखामा कालो पट्टि बाँधेर
दिब्य दृष्टिको हवाला दिंदै
लमतन्न /लम्पसार
तराजुमा झुण्डिरहेछ ।