विपरीत हार्मोनको चमत्कार
आज भन्दा २२ वर्ष अघिको कुरा हो । शिवालाई जन्मेको ५ महिनामा नै हर्नियाको रोग भएछ । डाक्टरको सल्लाह बमोजिम पेटी बाँध्ने र औषधिको सेवन गरेमा अहिले अर्थात् १५/१६ वर्षम्म त केही हुँदैन, त्यस पछि खेलकूद गरेमा फेरि हुन सक्छ कदाचित् भइ हाल्यो भने अपरेशन गरेपछि ठीक हुन्छ । यही सलाह अनुसार २०वर्षसम्म केही समस्या भएको थिएन ।
