Skip to content

विनय कुमार कसजु

दुई देवकोटा र डा. माचवेको भ्रम

  • by

कविवर माधवप्रसाद देवकोटाको बारेमा संस्मरण माग्दा दिनेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको संस्मरण लेखी पठायो भने नै भन्ने ? सुखद संयोग ? हिन्दी साहित्यका विद्वान् सर्जक एवं समालोचक डा. प्रभावकर माचवेले यस्तै गरे जानीजानी वा झुक्किएर गरे उनै जानुन् ।

सेतो भूत

“ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो । एउटा लाहाँचे बसेको थियो । तर उसले टोड्को बनाउन लागेको थिएन । तर ट्वाक, ट्वाक आवाज आउन छाडेन ।