पश्चाताप
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सडक पुगिसकेको थिएन । त्यहाँका मानिसहरु सहरसम्म जानलाई ४ घण्टाको बाटो हिँडेर जानुपथर्यो । त्यहाँ स्वास्थ्य चौकि पनि थिएन गाउँमा निकै बाक्लो बस्ती थियो । गाउँको एउटा कुनामा सानो झुपडी थियो जहाँ एउटा रामु भन्ने केटो र उसकी आमा मनमाया बस्दथे । रामु एक गरिब परिवारको भएपनि पढ्नमा निकै अगाडि नै आउँथ्यो । त्यसैले उसलाई गाउँका सबैले माया गर्थे । तर दुःखको कुरा रामुले एउटा खुट्टा गुमाएको थियो ।
