Skip to content

केटाकेटी

पश्चाताप

  • by

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा सडक पुगिसकेको थिएन । त्यहाँका मानिसहरु सहरसम्म जानलाई ४ घण्टाको बाटो हिँडेर जानुपथर्यो । त्यहाँ स्वास्थ्य चौकि पनि थिएन गाउँमा निकै बाक्लो बस्ती थियो । गाउँको एउटा कुनामा सानो झुपडी थियो जहाँ एउटा रामु भन्ने केटो र उसकी आमा मनमाया बस्दथे । रामु एक गरिब परिवारको भएपनि पढ्नमा निकै अगाडि नै आउँथ्यो । त्यसैले उसलाई गाउँका सबैले माया गर्थे । तर दुःखको कुरा रामुले एउटा खुट्टा गुमाएको थियो ।

के भने झै गर्नुपर्छ र ?

कुनै एउटा गाउँमा जीवन नाम गरेको केटो बस्दथ्यो । ऊ कक्षा ६ मा अध्ययनरत असल, इमानदार र मिहिनेती छात्र थियो । उसको बुबा कार्यालयमा काम गर्नुहुन्थ्यो । उसकी आमा सफल गृहिणी हुनुहन्थ्यो । उनीहरुको परिवार सुखी एवम् सम्पन्न थियो ।

एकदिनको कुरा हो, जीवको विद्यालय बिदा थियो । त्यसैले ऊ घरमै बसिरहेको थियो । उसकी आमाले हिन्दूहरुको धार्मिक ग्रन्थ, श्रीमदभागवत गीता पढेर अरु मानिसहरुलाई सुनाउँदै हुनुहन्थ्यो । यसै क्रममा उहाँले भन्नुभयो – “हामीले गरिब, दुःखी, अशक्त र असहायलाई दया गर्नुपर्छ र हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ।”

फुलबारीका फूल

  • by

चारैतिर हरियाली वातावरण, ठूलाठूला पहाड वरिपरि डाँडाले घेरिएको बीचमा एउटा सानो गाँउ छ । सबै जातजातिको बसोबास भएको धेरैजसो घरहरु बाहुन र क्षेत्री अनि एकदुइ घरलाइ सानो जात भनेर हेप्ने गरिएको छ । त्यस परिवारमा तीनजना सदस्यहरु छन् । बाबाको नाम सुनिल, आमाको नाम सुनिता र एउटा भर्खर डेढ वर्ष पुगेको सानू बालक उसको नाम चै सागर । जातिको आधारमा सानो भएता पनि उनीहरुको हृदय सफा र ठूलो छ । आफ्नो गाउँ, समाज र देश परिवेशलाई औधी माया गर्छन् । त्यही समाजमा एक घर अलि धनि थियो । गाउँलेहरु उक्त घरलाई मुखिया बा को घर भनेर चिन्दछन् । मुखिया बाहुन जातिको ब्यक्ति थिए । उनले घरमा एकजना भान्छे बाहुन राखेका थिए ऊ बाहेक अरुले पकाएको खाना उनि खादैनथे । उसको पनि एउटी छोरी थिई, उनको नाम पूजा थियो ।

बोलीको प्रभाव

  • by

एकादेशमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा एउछा घना जंगल थियो ।जंगलमा थुप्रै जीवजन्तु र वनस्पतिहरु पनि थिए । त्यही जंगलमा दुइजना अलि मिल्ने साथीहरु सँगै बस्दथे । ती दुइमध्ये एउटाको नाऊ नेप्टे र अर्कोको नाऊ चुच्चे थियो ।

ठूलेको देशभक्ति

  • by

ठूले फोहरको थुप्रोबाट काँच र प्लास्टिक छानिरहेको थियो । ऊ यस्तै काँच र प्लास्टिक लगी साहूलाई बुझाउँथ्यो अनि त्यसबाट पाएको पैसाले बाबु-आमालाई मद्दत गर्दथ्यो । गरिब भएकै कारणले उसले पढन-लेख्न पाएको थिएन । पढाइ लेखाइ नभए तापनि ठूले असाध्यै इमान्दार थियो । असल केटोमा उसको नाम आउँथ्यो ।

सुनैसुनको नगरी

  • by

धेरै धेरै पहिले नेपाल खाल्टो एउटा ठूलो तलाउ थियो । त्यसको दक्षिणपश्चिम कुनामा सुप्रभानगरी भन्ने ज्यादै राम्रो नगरी थियो । त्यहाँं अति पराक्रमी दानवराज वाणासुर राज्य गर्दथे ।

राजा वाणासुरको हजार हात थियो । हजार हातको बल भएकोले ऊ सा-है घमण्डी थियो । मभन्दा बलियो अरु कोही छैन भन्ने सम्झन्थ्यो ।

सेतो भूत

“ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो । एउटा लाहाँचे बसेको थियो । तर उसले टोड्को बनाउन लागेको थिएन । तर ट्वाक, ट्वाक आवाज आउन छाडेन ।

म पनि बिहे गर्ने

  • by

रमा ममताको दिदी हुन् । ऊ ममताको ठूलो बुबाआमाको छोरी हुन् । एकदिन दिदीको बिहे हुने कुरा पक्का भयो । त्यसैले घरमा कहिले मामामाइजू आउन थाल्नुभयो त कहिले काकाकाकी । यसरी नातेदार र पाहुनाहरूको आगमनले घरमा रमाइलो चहलपहल सुरू भयो । ममतालाई पनि रमाइलो लाग्यो ।

नाक

  • by

रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थी । उसको यो बानी देखेर घरका सबैजना वाक्क भएका थिए । रमाकी आमा त सँधै ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भए पनि खोज्थिन् । रमाको यो बानी देखेर घरका सबै जाना उसलाई कहिले गालि गर्थे भने कहिले हास्ने गर्थे ।

तिम्रो चौकी भत्काइदिन्छु

  • by

लखन्देही खोला बगिरहेको छ। रामजनम, जानकी, फुल्बा र चौते अहिले पौडी खेल्दै रमाइरहेका छन्। खोलाको बगर छेउमा तिनीहरू सबैजनाको घर छ। साना?साना खरले छाएका, माटोले पोतेका घरहरू चिटिक्क राम्रा देखिएका छन्।

आज रमाइलो छ है’? चौतेले हौसिदै भन्यो। उसको कुरा सुनेर अरू सबै साथीहरू झन् आनन्द लिएर पौडन थाले।