उनी, युद्ध र म विजयकुमार राई सामाजिक कथा हिमाल खबरपत्रिका by kbsDecember 2, 2008उनी मलाई बनावटी ठेगानाबाट चिठी पठाउने गर्छिन् । आज उनको चिठी आएको छ । तर अफसोच उनलाई पत्र पठाउन सक्दिनँ । कारण उनको कुनै स्थायी ठेगाना छैन । म खोटाङको आर्मी ब्यारेकमा छु- ‘इन्फ्यान्ट्री डिभिजन’ मा ।