Skip to content

डायमन शमशेर राणा

सेनामा छँदै राणाविरुद्ध जाइलागेँ

  • by

बाबु बुधशम्सेर राणा र आमा मोहनकुमारीको पाँचौ अर्थात् कान्छो सन्तानको रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ सालको असार २२ गते मेरो जन्म भएको हो । मेरो बाजे पाल्पाको बडा हाकिम भएर त्यता बस्दा हाम्रो परिवार उतै थियो र त्यसैबखत मेरो जन्म पाल्पामा भयो र ६ महिनाको शिशुअवस्थामै म थापाथली (काठमाडौँ) ल्याइएँ । सम्पन्न राणा परिवारमा कान्छो छोरोको रूपमा जन्मिएकोले मेरो बाल्यकाल कुनै कमी नभई बित्यो

बाहिर निस्कनासाथ च्याप्प

  • by

२०१७ पुस १ गते नेपाली काङ्ग्रेसको बैठकमा भाग लिन थापाथली जानु थियो । त्यसै अवसरमा गद्दी बैठक, जहाँ नेपाल ब्याङ्कको कार्यालय थियो, बाट केही रुपियाँ झिकौँ भनेर त्यसतर्फ लागेँ । ब्याङ्कबाट बाहिर के निस्किएको थिएँ, पक्राउ परिहालेँ । मैले अपराध केही नगरेको भए पनि काङ्ग्रेसको समर्थन गर्नु पञ्चायतमा काफी थियो । पछि थाहा पाएँ, मभन्दा अघि नै धेरै काङ्गे्रसी समर्थक-शुभेच्छुकहरू पनि समातिएका रहेछन् । राजा महेन्द्रले त्यसै दिन मन्त्रिमण्डल विघटन गरेर शासनसत्ता लिएका रहेछन् ।