Skip to content

केदार श्रेष्ठ 'गगन'

आइमाइ

  • by

आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाइले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आँसु कसैको दुःख पीडामा यो पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै वगिरहेछ आँसु आँखाबाट ।

तिम्रो अभाव

  • by

जीवन जिउने मेरो चहाना
जिउन आवश्यक
मन र मुटु मिल्ने साथी
पूर्णिमाको जून जस्तो यौवन
टाढैबाट म गर्थे स्पर्शानुभूित
दुःखमा पनि देखिने
हँसिलो मुहार
म रुँदा रुने आँखाहरु

पापी समय र निष्ठूरी मायालु

  • by

समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला ,त्यसको कुनै लेखाजोखा छैन। जुवाडेको हिसाबकिताबजस्तै। बालापनको सखीहरु एकादेशको राजकुमारजस्तै भइसक्यो। को कहाँ के गर्दैछन्, कस्ता भए अत्तोपत्तो छैन। म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले। तर, मैले सोचेजस्तो हुँदोरहेनछ। समय मान्छेको माउते नै रहेछ। करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले।

दोधार

  • by

धेरै दिनदेखि म सोचिरहेको छु। उसको बारेमा के लेखूँ? कथा, कविता, उपन्यास। दोधारमा छु। रातमा सोच्छु। दिनमा सोच्छु। साँझपख सोच्छु। खासै उपलब्धिमूलक हुनसकिरहेको छैन मेरो सोचाई। खुट्याउन असफल भईरहेको छ मेरो व्रद्म।हुन त ऊ न कुनै महान दार्शनिक हो। न बिश्वबिख्यात साहित्यकार। न बिश्वलाईचकित पार्ने महान वैज्ञानिक। न इतिहास रच्ने महान अमेरिकन पौडिवाज माइकल फ्लेप्स। न एक्काइसौं शताब्दीको शुरुवाती वुश। त्यही पनि धेरै दिनपछि आज पाजिएर रहेको भावना, अलिकति भोगाई, थोरै देखाई, धेरै सुनाईहरुलाई बटुलेर केही लेखिदिउ न त भनेर लेख्नलाई तम्सेको उसको लागि भन्दा पनि आफ्नो भौतिक शरीर मरेर गए पनि आफ्नो नाम कतै बाँच्छ कि भनेर।