Skip to content


जीवन जिउने मेरो चहाना
जिउन आवश्यक
मन र मुटु मिल्ने साथी
पूर्णिमाको जून जस्तो यौवन
टाढैबाट म गर्थे स्पर्शानुभूित
दुःखमा पनि देखिने
हँसिलो मुहार
म रुँदा रुने आँखाहरु
मेरो आँसु पुछिदिने हातहरु छन् तिमीसँग
मन र मुटु मिलेर बन्दछ
एउटा सजीव शरीर
तिमी मेरो मुटु
त्यसकारण
तिमी र म एउटै थियौ हिजोसम्म
आज छाडेर गयौ
आफूसँगै मेरो मुटु लिएर
अहिले म
अपांग भएको छु
मुटु विहिन भएको छु
अर्थात
म निर्जिव भएको छु
मसँग अब मात्र वाँकि छ
केवल तिम्रो सम्झना
तिम्रै सम्झनामा वर्षे नदी झैँ
वगिरहने आँसुको भेल
सम्झन्थेँ
मेरो माया सदाबहार हो
कहिल्यै ओइलिदैन
कहिल्यै झर्दैन
तर
रहेछ मेरो माया
ओइलिएको पातजस्तो

भएको छु
शिशिरको ऋतुको वन
नियाल्छु
तिम्रो निर्जिव तस्वीर
जुन तिमीले मलाई
अस्तिनै दिएकी थियौ
तर
यो बोल्दैन मैले बोलाउँदा
हाँस्दैन म हाँस्दा
रुँदैन म रुँदा

पुछि दिदैन
मेरो आँखाबाट आँसु बग्दा
थाहा थिएन मलाई
सपना देख्नु रहेछ पाप
तिमीलाई आफ्नो बनाउने
देखेँ मैले सपना
गरेँ मैले
माफ गर्न नसकिने भुल
अविराम चलिरहने समय
समयको गतिसँगै
बनाएँ एउटा जीवन चित्र
जुन अधुरै रह्यो
तिम्रो अभावमा ।

केदार श्रेष्ठ ‘गगन’
भीमस्थान-५ सिन्धुली
हाल: अनेसास यू ए ई च्याप्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *