Skip to content

थमन नौवागको

आस्थाको दीयो

  • by

नयाँ कार्यालय, नयाँ भवन, नौलो ठाउँमा नयाँ जोश लिएर क्षेत्रीय विकास अधिकारीले कार्यभार सम्हाल्दछन्। तिनको कर्तव्य हो स्थानीय बासिन्दाहरूमा सेवा पुऱ्याउने। यही क्रममा एउटी दुब्ली-पत्ली वैंश निख्रिनै लागेकी देखिने युवती कार्यालय कक्षमा स्वाट्ट पसी। देख्दा चिर-परिचित लाग्ने युवतीलाई ठिम्याउन्न बीडीओ साहबलाई निक्कै मगज खटाउन पऱ्यो। तिनको स्मृतिपटमा ती युवती कहाँ-कहाँ चिनेकैहरूमा हुनुपर्छ भन्ने थियो। मनमा कुरा खेलाउँदै मगज खटाए, अहँ खुट्याउनै सकेनन्।