टिस्टारङ्गीत
आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन
उपन्यासको धरातलमा आज रमिता छ- जस्तो छुट्टै विशिष्टता बोकेको उपन्यासले एउटा अत्यन्त नवीन दिशा वा परिपाटीको सिर्जना गरेको छ। श्री इन्द्रबहादुर राईको औपन्यासिक (जीवन) पृष्ठाङ्कन कठपुतलीको मन जस्तै (सम्भवतः) छ। उहाँ भन्ने गर्नुहुन्छ- मैले देखें जीवन चलिरहेछ तर सुव्यवस्थित भई यो ठिक्क-ठिक्क मिलेर चलेको छैन। यो उपन्यासलाई मैले यसरी नै नमिलाएको छु। मैले जीवनलाई एक ध्येयता एक विशेषताको रसायनिक युद्धता तथा एकाग्र प्रगति देखिनँ। प्रेम जम्मै भावहरूको भाउ हो, यसलाई चलाएपछि जम्मै हाम्रा भाव-भावनाहरू जागेर सलबलाउँछन्। यसको पछि कुद्नेले पनि तर अनेक बीच-बीचमा अरू काम गर्छन्, जुन जीवन बुझ्नलाई उत्तिकै महत्वपूर्ण छन्।
सन्दर्भ विश्व कविताको
आजको समयमा कविताको संसारलाई बुझ्ने व्यक्ति पाउन जतिको गाह्रो छ, त्यति नै कवितालाई एउटा विज्ञानको रूपमा परिचित गराउन गाह्रो छ। लक्ष्मीप्रसाद देवकोटाको उड़ी छुनु चन्द्र के एक कवितांश आज यथाथर् बनेको स्वीकार्न कोही तयार छैन भने कविताका निम्ति अङ्कित गरिएका प्रत्येक वाक्यका प्रत्येक शब्दका वर्णमा एउटा-एउटा विश्व अँटाएको हुन्छ धेरैलाई थाहा नहुन पनि सक्छ। यति ठूलो संसारलाई पुण्यजी काँध दिन सफल भएकोमा कविताप्रति गर्वबोध हुनजान्छ भने कति-कति स्थितिमा डाही भावना उत्पन्न भइरहेछ ममा।
सिंह र मुसा
यसपल्ट म जङ्गल पसें- आधा मगज भएर होइन यसो रे रहेछ जङ्गलतिर भनेर बुझ्नु, जान्नुलाई। लाटपञ्चर मुनिको त्यो गुफाटारतिर गएँ। उहिले यो गुफाटार थियो जङ्गल अनकण्टर। अहिले गुफाटार गोइन गफाटार भएको रहेछ। अहिले यहाँ कोही गुफा बस्दैन, मान्छेहरू बसेर गफ गर्दा रहेछन्। मान्छेहरूले यसका हरिया अङ्गवस्त्रहरू च्यातिदिएछन्। जङ्गल नरहेर अब यो उजाड़ पारिने जङ्गको स्थल भएको रहेछ।
ब्लड रिपोर्ट
सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको सिह्रान तलाबाट हेर्दा थुप्रै घरहरू देखिन्छन्। साना ठूला घरहरू। गाउँमा छँदा सूर्यबाबुको धेरै हैकम चल्थ्यो। शहरमा आएपछि उनी जहिले उदाश देखिन्छन्। साँच्चै भन्नु हो भने शहरमा उनी कहिल्यै पनि रमाइलो देखिँदैनन्।
वर्जन
पहाड़को चेप-चापबाट बादलको सतहबाट सञ्चारित भइरहेछ सारंगीका सेता धूनहरू, अविरल। नदीको स्वरलाई पनि जितेर। म त साह्रै खुशी छु है आज।
अचानक नै शहरको कुनै गल्लीबाट एकजना मत्थु मुख्यसड़कमा कलाउनलागेको थियो। तब, वर्षा ऋतुपछि भदाैरे घामले सेकिएर एक प्रकारले निन्याउरो भएको शहरको वातावरणमा क्षणिक नै भए पनि एउटा राेमाञ्चको सिर्जना भयो। गाउँले जन-जीवनको निम्न आर्थिक अवस्थालो गर्दा उति व्यस्त नरहने त्यो शहरको सबै खालका मानिसहरू भने सधैं यस्तै मनोरञ्जनपूर्ण घटनाहरूको प्रतीक्षामा रहन्थे।
आस्थाको दीयो
नयाँ कार्यालय, नयाँ भवन, नौलो ठाउँमा नयाँ जोश लिएर क्षेत्रीय विकास अधिकारीले कार्यभार सम्हाल्दछन्। तिनको कर्तव्य हो स्थानीय बासिन्दाहरूमा सेवा पुऱ्याउने। यही क्रममा एउटी दुब्ली-पत्ली वैंश निख्रिनै लागेकी देखिने युवती कार्यालय कक्षमा स्वाट्ट पसी। देख्दा चिर-परिचित लाग्ने युवतीलाई ठिम्याउन्न बीडीओ साहबलाई निक्कै मगज खटाउन पऱ्यो। तिनको स्मृतिपटमा ती युवती कहाँ-कहाँ चिनेकैहरूमा हुनुपर्छ भन्ने थियो। मनमा कुरा खेलाउँदै मगज खटाए, अहँ खुट्याउनै सकेनन्।
भक्तेले स्कूटर किनेन
“आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!’ बजारबाट भर्खरै आएको भक्तेेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो।
“जॉंगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे’-प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि।
तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन भक्तेले, लुगा फेरिसकेपछि हातमा केही सिफारिश-पत्रहरू अँठ्याएर ऊ स्कूलतिर कुदिहाल्यो।
“अब कहॉं कुदेको हौ एति हतारसित?’-धनमायाले त्यो सोद्धा ऊ आँगन पनि ओह्ऱ्लीसकेथ्यो।
समकालीन सिक्किमेली उपन्यासका केही नारी चरित्र
साहित्यका अनेक विधाहरूमध्ये प्रमुख, नवीन र सर्वाधिक लोकप्रिय विधाका रूपमा उपन्यासलाई मान्नसकिन्छ। उपन्यास संस्कृत शब्द भए तापनि आजको उपन्यास साहित्य पश्चिमको देन हो। उपन्यास शब्दको सोझो अर्थ हुन्छ नजिकको वस्तु वा निकटस्थ वस्तु अथवा जीवनको अनुभूति। उपन्यासलाई अंग्रेजीमा नोबेल भनिन्छ जो ल्याटिनको नोभेलस् शब्दबाट नोभेला हुँदै नोबेल भएको हो।
उपन्यासका सम्बन्धमा पूर्व र पश्चिमका धेरै विद्वान्हरूले विभिन्न परिभाषा दिएका छन्। साहित्यको स्वरूप, समयको गति र सभ्यतासितै परिवर्तित हुनेहुनाले यसका परिभाषाहरू यही नै हुन् भनेर किटान गर्नसकिँदैन। अतः उपन्यास जस्तो लोकप्रिय र नवीन विधाको परिभाषा निश्चित यही हो भन्न सकिँदैन। यद्यपि, यहॉं केही समालोचकहरूका परिभाषालाई अघि सारेर हेर्दा उपन्यासबारे जानकारी पाउन सकिन्छ।
द्रोण र द्रुपदको बालप्रेम र….
आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले व्याप्त छ। आमा छोरालाई फकाइ फुस्ल्याई भोजन गराउने प्रयास गरी रहेकी छन्, तर बालक अश्वत्थामा झगड़ा गरी रहेकै छ, उसको चाहना हो दूधको।
प्रतीक्षाभित्रको प्रेम उत्सर्ग
त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। सात भाइमा उ सबैभन्दा कान्छो। बिहे भएको हो दाजु लाक्पाको। दाजु लाक्पाको उमेर त्यही 30-को थियो। 30 वर्षको उमेरसम्म लाक्पाको बिहे किन भएन भने उनीहरूको बाबु थुब्देनलाई बिहेको क्रम रोक्नु पर्छ भन्ने ज्ञात नै कहाँ भएको थियो र जब बाबुको उमेरले पचास नाग्यो तब मात्र उसले बिहे गर्ने आफ्नो अभियान रोक्यो। उ शिथिल बनेको थियो। उसको शरीर छिया-छिया भएको थियो। 17 वटा उसले भित्र्याएको थियो। काजी थुब्देनले परम्परा र धर्मको पालन गर्नेक्रममा 17 वटी भित्र्याए छ। बाबु थाकिसकेपछि मात्र पालो आएको हो लाक्पाको। अब लाक्पाले कतै बाबुको परम्परालाई अघि त लगाउने होइन… परम्परा अनुसार तीन-चारवटी त ल्याउनु नै पर्छ। काजी परिवारको मान-सम्मानको कुरो हो।
समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
उठान :
साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न पनि सकिँदैन। यद्यपि, अध्ययनको सुविधालाई ध्यानमा राख्दै प्रस्तुत लेखमा सिक्किमेली समकालीन साहित्यको विवेचनात्मक तथा विकासक्रमिक अध्ययन गर्ने प्रयास गरिएको छ। यस क्रममा सन् १९९०-पछिका सिक्किमेली साहित्यिक गतिविधिलाई समकालीन साहित्यिक गतिविधिका रूपमा लिइएको छअर्थात समकालीन सिक्किमेली साहित्य भन्नाले १९९०-को दशकयता आजसम्मको सिक्किमेली नेपाली साहित्य बुझिनेछ।
समकालीन भन्नाले यसै समयको, आजको, वर्तमानको, समसामयिक भन्ने अर्थ बोध हुनाले सन् १९९०-को दशकयता नेपाली साहित्यका क्षेत्रमा देखापरेको प्रवृत्तिगत परिवर्तनका साथै राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, चिन्तन आदिको परिवर्तित रूपको प्रभाव र छाप के-कस्तो हिसाबमा भएको छ अनि साहित्य सिर्जनाले के-कस्तो गति लिएको छ ती सबैको अध्ययन गर्ने कोशिश यस लेखको अभीष्ट रहेको छ। सन् १९९०-को दशकको शुरुवात सॅंगसॅंगै भारतमा नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलन चरम सीमामा पुगिसकेको हुन्छअनि यसको नेतृत्व त्यस समय सिक्किमको कॉंधमा पनि आएको हुन्छ।
