फेरि एउटा युद्ध र प्रेम
केही वर्षअघिको कुरा हो । दिनको मध्याह्न हुँदै थियो । छापामार शिविरमा बेग्लै प्रकारको वातावरण थियो । शिविरमा आयोजित एक समारोहमा छापामारहरू जम्मा भएका थिए, समारोह पार्टी प्रशिक्षणको भने थिएन । सशस्त्र युद्धमा बीजारोपण भएको, हुर्किएको र फुलेको प्रेमले पूर्णता पाउँदै थियो त्यसदिन । त्यहाँ विवाहका लागि तयार भएकाहरूमा नयाँ उमंग र जोस मौलाएको देखिन्थ्यो ।
