केही वर्षअघिको कुरा हो । दिनको मध्याह्न हुँदै थियो । छापामार शिविरमा बेग्लै प्रकारको वातावरण थियो । शिविरमा आयोजित एक समारोहमा छापामारहरू जम्मा भएका थिए, समारोह पार्टी प्रशिक्षणको भने थिएन । सशस्त्र युद्धमा बीजारोपण भएको, हुर्किएको र फुलेको प्रेमले पूर्णता पाउँदै थियो त्यसदिन । त्यहाँ विवाहका लागि तयार भएकाहरूमा नयाँ उमंग र जोस मौलाएको देखिन्थ्यो । विवाह सूत्रमा बाँधिन तयार भएका थिए, केही युवकयुवती । ती युवा छापामार नवदुलाहा-दुलहीहरू न सिंगारएिका थिए्, न त्यहाँ पण्डित नै थिए । त्यहाँ थिए छापामारहरू, उनीहरूका कमान्डर, केही हतियार र पार्टीले प्रकाशन गरेका प्रेम र विवाहसम्बन्धी पुस्तकहरू । शिविरको बीचमा रहेको टिनको टहरोभित्र केन्दि्रत भएका थिए छापामारहरू, भित्ता सामूहिक प्रगतिशील विवाह लेखिएको रातो तूल टाँगिएको थियो । टेबुलमा गुलाबको फूल र पात उनेर बनाइएका माला र अबिर राखिएको थियो । करबि दुई सय जना अट्ने टहरोमा छापामारहरू खचाखच भइसकेका थिए । उनीहरूका आँखा केन्दि्रत थिए, त्यस दिनका नायक-नायिकातर्फ । आखिर सबै मान्छेको मन हुन्छ, मनभित्र मायाप्रेमका पत्रपत्रहरू रहेका हुन्छन् । मायाप्रेमले सफलता पाउँदा उत्साह र उमंग जाग्नु स्वाभाविक प्रक्रिया पनि हो ।
“ल, अब सुरु गरौँ । शुभ साइतमा ढिलाइ किन ?” ठट्यौली पारामा बिग्रेड कमान्डर दिलीपले भने । सबै जना टहरो थर्कने गरी हाँसे । निर्धारति समय ११ बजे साइत भनिएकोमा १२ बज्न लाग्दासमेत विवाहको कार्यक्रम सुरु भएको थिएन ।
“शीला कमरेड, आउन बाँकी हुनुहुन्छ,” अर्का सिनियर छापामारले भने ।
“कहाँ जानुभएको छ, शीला कमरेड ?” कमान्डर दिलीपले सोधे ।
“उहाँ ड्युटीमा जानुभएको छ,” उनका सहयोगीले भने ।
“जीवनको महत्वपूर्ण दिनमा पनि ड्युटीमा किन पठा’को ?” दिलीपले स्पष्टीकरण मागे ।
“कमरेड शीलाले आफैँ ड्युटी जान्छु भन्नुभयो, हामीले नजानूस् भन्न सकेनौँ,” सहायक कमान्डरले खास कुरा भने ।
“ल, शीलालाई चाँडै बोलाउनुपर्यो,” कमान्डर दिलीपले आदेश दिए ।
केही समयपछि दुलही शीला आइपुगिन् । सबै दुलाहा, दुलही विवाह बन्धनमा बाँधिन तयार भइसकेका थिए । उनीहरू कम्ब्याट पोसाकमै ठाँटिएर विवाहको माला पहिरनि आतुर थिए । लामो प्रेम-युद्धपछिको विवाहको समयसीमा सकिएका हुनाले उनीहरूमा केही हतारो आउनु अस्वाभाविक थिएन ।
“ल, शुभकार्य सुरु गरौँ,” कमरेड दिलीपको आदेशात्मक स्वर सुनियो ।
प्रगतिशील वैवाहिक कार्यक्रमका लागि कपिल नामका छापामारले उद्घोषण सुरु गरे । १० जोडी युवा छापामारलाई मञ्चमा बोलाए । मञ्चका दायाँतिर पुरुष र बायाँतिर महिला छापामार उभिए । उद्घोषक भन्दै थिए, “युद्धको मैदानमा अकुरण भएको हाम्रा कमरेडहरूको वर्गीय माया आज विवाहमा परण्िात हुन लागेको छ । पवित्र प्रेम जहिले पनि शाश्वत हुन्छ । स्वस्थ प्रेमलाई कुनै तागतले पनि रोक्न सक्दैन । स्वस्थ प्रेम जनयुद्धजस्तै बलवान् हुन्छ भन्ने कुरामा साक्षी वैवाहिक सम्बन्ध जोड्न तयार साथीहरू हुनुहुन्छ ।”
कपिलले अलिकति दार्शनिक मसला हाल्दै बोलेपछि कार्यक्रम अगाडि बढ्यो । उनले सर्वप्रथम कमरेड हिमाल र शीलालाई अगाडि बोलाए । परेडको हिँडाइमा एक जना दायाँ र अर्काे बायाँबाट दुवै जना मञ्चमा आएर उभिए ।
“एकले अर्कालाई माला र टीका लगाई नयाँ जीवनको सुरुवात गर्न म आग्रह गर्दछु,” उद्घोषक कमरेड कपिलले आग्रह गरे ।
दुवै जनाले माला र टीका लगाइसकेपछि कसिलो गरी हात मिलाए । जसरी परम्परागत विवाहमा कसिलो लगनगाँठो बाँधिन्छ, त्यसरी नै उनीहरूले हात मिलाए । सबै छापामारले विवाहको स्वीकृतिमा बजाएको तालीले टहरो थर्कियो । अन्य नौ जोडीले पनि माला, टीका र हात मिलाएर विवाह गरे । करबि १० मिनेटमा १० जोडीको विवाह सकियो । कमान्डर दिलीपलगायतले सबैलाई रातो टीका लगाइदिएर बधाई दिँदै भने, “जस्तोसुकै अवस्थामा पनि पार्टी र जनताको भलो चिताउनुहोला । त्यसमा नै हामी सबैको भलो हुनेछ ।”
जोडीको तर्फबाट हिमाल मञ्चमा उभिएर केही शब्द बोल्न थाले, “आदरणीय कमरेडहरू, अभिवादन ! आज म निकै भावुक भएको छु, अर्को नयाँ जीवन सुरु भएको दिनमा । कमरेड शीला र मबीचको प्रेम आज वैवाहिक रूपमा बदलिएको छ । हामी वैवाहिक जीवनमा पनि व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनताको पक्षमा लगाउने प्रण गर्दछौँ । यो विवाहले पार्टी र जनताका लागि अझै महत्त्वपूर्ण योगदानका लागि ऊर्जा दिनेछ भन्ने विश्वास हामीले गरेका छौँ । हामी वर्गयुद्धमा लागेका व्यक्तिहरूले वर्गीय प्रेम गर्दागर्दै त्यसलाई वैवाहिक सम्बन्धमा परण्िात गरेका छौँ । युद्धको मोर्चामा सुरु भएको हाम्रो प्रेमले आज पूर्णता पाएको छ । पार्टीले विवाहका लागि दिएको स्वीकृतिलाई हामीले कहिलै भुल्न सक्दैनाँै ।” प्रेम शाश्वत भएर होला, युद्ध होस् या शान्ति, क्रान्ति होस् या आन्दोलन, जहाँ पनि जीवित र गतिशील हुन्छ । गतिशीलको अर्थ प्रेम विवाहमा बदलिन्छ, विवाह आत्मीयतामा बदलिन्छ । यस उदाहरणलाई अझ स्पष्ट गरेका थिए, नवविवाहित छापामारका १० जोडीले । विवाह बन्धनमा बाँधिएलगत्तै उनीहरूको अनुहारमा केही सन्तुष्टि, अनौठो भाव र उत्सुकता झल्केको देखिन्थ्यो । युद्धसँग रोपिएका प्रेमकहानीले भित्र कतै चिमोटिरहेको थियो । मनमा खुल्दुली लागिरहेको थियो । उनीहरू एकपटक पुनः विगतको आपmनै प्रेमको परघिटनातिर पुगेका थिए ।
विवाह सकिएलगत्तै अन्य छापामारहरू खाना खान मेसतिर लागे । भोजन नियमित भए पनि त्यसदिनको खानामा मासुलगायतको परकिार थपिएको थियो । केही छापामार ठट्यौली पाराले भन्दै थिए, “यस्तो बिहे हरेक साता भइरहोस् ।”
हिमाल र शीलाको पूर्वी तराईको एउटा युद्ध मोर्चामा सामेल भएको चार वर्ष बितिसकेको थियो । त्यहाँ कडा अनुशासनको परििधमा रहनुपथ्र्यो । एक दिन एउटा कठिन मोडमा उनीहरूबीच सम्बन्ध गाँसिन पुग्यो । सरकारी सुरक्षाकर्मीसँगको एउटा भीडन्तमा शीला घाइते भइन्, आफ्नो सुरक्षाको प्रवाह नगरी हिमालले शीलाको उद्धार गरे । शीलाको उपचार र स्याहारको व्यवस्था गर्ने जिम्मा पनि उनलाई नै दिइयो । त्यहीबेलादेखि नै हिमाल र शीलाबीच भावनात्मक सम्बन्ध अंकुरति भयो । जातभातको कुनै प्रवाह नभए पनि प्रेम र विवाहका लागि केही सीमाहरू भने पार्टीले निर्धारण गरसिकेको अवस्था थियो । एकआपसमा प्रेमले बाँधिएर पनि खुलेर भन्ने वातावरण बनिसकेको थियो । युद्धको मैदानमा पहिलो प्राथमिकता युद्ध नै भएकाले प्रेमका कुरा घना ओझेलमा पहेँलिएका थिए ।
युद्ध सुरु भएको दुई वर्षपछि पार्टीले प्रेमको बहसलाई खुला रूपमा चलायोे । प्रेम एउटा मानवीय आवश्यकता हो भन्ने कुरा बुझेर होला, पार्टीले यसलाई आफ्नो अनुकूल व्याख्या गर्यो, वर्गीय प्रेममा व्यक्तिव्यक्तिबीच पनि प्रेम हुन्छ भनेर । वर्गीय प्रेम भनेको क्रान्तिकारी विचार राख्ने व्यक्तिहरूबीचको प्रेम हो भनेर सबै छापामारले करबिकरबि बुझिसकेका थिए । हिमाल र शीलाबीचको प्रेमलाई पनि त्यसरी अथ्र्याउन सकिन्थ्यो । दुवैबीच प्रेम चलेको केही समयपछि पार्टीले एक जनालाई पूर्वी र अर्कोलाई पश्चिम मोर्चामा खटायो । हिमाल पश्चिम मोर्चामा खटिए भने शीला पूर्वकै मोर्चामा । मुलुकमा संकटकाल लागेकाले सम्पर्क हुन निकै गाह्रो थियो, चिट्ठी पठाउन पनि त्यस्तै गाह्रो । दुवैबीचको प्रेम गोप्य भएको हुनाले चिट्ठी पठाउन पनि सकिरहेका थिएनन् उनीहरूले । तर पनि हिमालले एक दिन घुमाउरो तरकिाले शिलालाई छोटो प्रेमपत्र लेखे ः
कमरेड शीला अभिवादन तथा सम्झना !
यो वर्गीय युद्धमा समय एकनास रहँदैन । कहिले अनुकूल हुन्छ, कहिले प्रतिकूल । अहिले हामी प्रतिकूल अवस्थामा छौँ । यो वर्गीय युद्धमा ज्यान बच्यो भने एकदिन अवश्य अनुकूल समय आउने छ । तर, हामीले वर्गीय प्रेमलाई कहिलै भुल्नुहुँदैन । प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्नुपर्छ । जित हाम्रै हुनेछ । हाम्रो भेट अवश्य हुनेछ । मीठो सम्झनासहित बिदा !
उही हिमाल
हिमालले पत्रमा वर्गीय युद्धको कुरा गरे पनि त्यो गजबको प्रेमपत्र थियो । करबि दुई महिनापछि शीलाले त्यो पत्र पाइन् । पत्र पढ्दापढ्दै उनको मुटु छिटोछिटो चल्न थाल्यो । पत्र पट्याएर खल्तीमा हालिन् । सायद, प्रेमको सीधा असर हुनुपर्छ त्यो । उनले त्यो पत्र केही महिला छापामारलाई पनि देखाइन् । साथीहरूले जिस्काउन थाले, “कमरेड हिमालसँग वर्गीय नाता गहिरोसँग गाँसिएजस्तो छ नि ! ल ठीकै छ, सफलताको शुभकामना !” शीला भने केही नबोली लजाएर मात्र बस्िथन् । चिट्ठी पठाउने चाहना हुँदाहुँदै पनि शीलाले हिमाललाई चिट्ठी पठाउन सकिनन् ।
पार्टी शान्ति प्रक्रियामा आइसकेपछि भने हिमाल र शीलाको फोनमा वार्ता हुन थाल्यो । सम्बन्ध अझै गाढा हुँदै गयो । राज्य र पार्टीबीच छापामारलाई शिविरमा राख्ने सम्झौता भएपछि भने संयोगले दुवै जना एउटै शिविरमा परे, रोल्पाको दहवनमा । त्यसपछि उनीहरूबीच प्रेमलाप गर्ने मौका गजबले मिल्यो । उनीहरूबीचको प्रेम सार्वजनिक भएपछि उनीहरूको कमान्डरले बोलाएर दुवै जनालाई केरकार गरेे । दुवै जनाले एकअर्काबीच प्रेम बसेको कुरा नढाँटी भने ।
“म पार्टीमा कुरा राख्छु, प्रेम छाडा नहोस्,” कमान्डरले आदेश दिए । प्रेमको फत्र“mदै गरेको कोपिलालाई चुँडाल्नु पार्टीको नीति थिएन । त्यसलाई टुंगोमा पुर्याउन बेलाबेलामा सामूहिक विवाह गराइदिने काम पार्टीले गराउँदै आएको थियो ।
विवाहका लागि पार्टीमा निवदेन दिने परम्परा अनुसार एक दिन हिमाल र शीलालगायत १० जोडीले विवाह गर्ने अनुमति माग्दै पार्टीमा निवदेन हाले । प्रेमलाई पूर्ण वैधानिकता दिन पार्टीले स्वीकृति दिनु अनिवार्य थियो । पार्टीको स्वीकृतिबिना प्रेमले वैधानिकता पाउन सक्दैनथ्यो भन्ने मान्यता उनीहरूबीच थियो । युद्धमोर्चामा अंकुरण भएको प्रेममा जबरजस्त रूपमा यो मान्यता आएको थियो । प्रेममा परसिकेका छापामारहरूबीच शारीरकि सम्बन्धलगायतका सबै कुरालाई वैधानिकता दिन विवाह गराइदिनुको विकल्प नभएको हुनाले पार्टीले नै त्यो काम गरेको थियो । मानवीय संवेदनाको तार्किक र व्यावहारकि व्यवस्थापन गर्न पनि छापामारहरूबीच विवाह गराइदिनु आवश्यक थियो । युद्धमोर्चाको प्रेमकहानी कम्ती रमाइलो र उत्तेजक थिएन उनीहरूका लागि । युद्ध र प्रेममा कुनै कुराको सीमा हुँदैन भन्ने मान्यता छ तर उनीहरूको प्रेमले भने सीमा नाघेन । प्रेमले सीमा नाघेको भए उनीहरू मुलुकको कुनै कुनामा सांस्कृतिक कारबाही भोगिरहेका हुन्थे होलान् ।
विवाह भएको करबि चार महिनापछि शीला र हिमाल रोल्पा दहवनको पहाडको थुम्कोमा बसेका छन् । घरी उनीहरूले दुई पहाडको कापबाट देखिएको दक्षिणतिरको दाङको फाँट हेर्छन्, घरी उत्तरतिर टीलाभन्दा माथिको भीमकाय हरयिो पहाड हेर्छन्, घरी पश्चिमको घाम अस्ताउन लागेको अर्धबादलले छोपेको आकाश । शीलाको गर्भमा हुर्कंदै गरेको शिशु, विगतको प्रेमकहानी र सुदूर भविष्यको कल्पना उनीहरूको मनमा बेजोडले खेलेको हुनुपर्छ । उनीहरू खासै बोलेका छैनन् । दिन ढल्नै लागेको छ, रात पर्न अब धेरै समय बाँकी छैन । अब आउने दिनको सुरुवात फेर िबिहानीबाटै हुनेछ । हिमाल र शीला भने पहाडको थुम्कोमा बसेर रातको पूर्वार्द्ध नियालिरहेका छन् । आकाशमा ताराहरू फाट्टफुट्ट देखिन थालिसकेका छन् । शिविरमा बत्ती बलिसकेको छ । नजिकैको बजारमा मान्छेहरूको हूल घटेको छ । नजिकै गाउँका बासिन्दाहरू गोठमा गाईवस्तु बाँधेर घरभित्र पसिसकेका छन्, अर्को दिनको पर्खाइमा । विविधताले भरपिूर्ण त्यो साँझमा छापामारको विवाहित जोडीले भने त्यो परविेशलाई विगत र भविष्यको तराजुमा जोखेर गहिरोसँग नियालिरहेको थियो । एउटा नयाँ युद्धमा नयाँ प्रेमलाई परभिाषित गररिहेको थियो ।
नेपाल साप्ताहिक ३२९
