Skip to content

राजनारायण प्रधान

छोराबुहारी

  • by

मेरी आमा सधैं पूजापाठ गर्थिन्र्,र् ईश्वरको भक्ति गर्थिन् । उनी प्रत्येक आइतवार पशुपतिनाथको मन्दिरमा जान्थिन् । उनी चोखीनितीमा ख्याल राख्ने, जातभात मान्ने खालकी थिइन् । जातको कुरामा त उनी सार्है कट्टर थिइन् । तल्लो जातको कुनै मानिसलाई घरमा पस्न नदिने, अरुले छोएको नखाने उनको नीति थियो ।