Skip to content

जलेश्वोरी श्रेष्ठ

विस्थापित सम्बन्ध

  • by

हलुका नीलो रङको साडी र त्यो साडीसँग सुहाउँदो ब्लाउज लगाएकी एउटी महिला भरतपुर विमानस्थलको प्रतीक्षालयभित्र प्रवेश गरिन् ।

सिस्नो

  • by

बिहानको ठीक सात बजे भनेको तर आठ बजे सहिदगेटबाट एक हप्ताको लागि “नारी कानुनी साक्षरता” तालिमको निम्ति हाम्रो समूह वातानुकूलित सुविधा सम्पन्न विदेश वसमा नगरकोट हुँदै शिवपुरी डाँडातिर लाग्यो ।
हामी हाम्रो देशका पहाडका श्रृङ्खला, खोलानाला, चाँदीजस्ता हिमशिखर आदिका प्रकृतिक सुन्दरताको अवलोकन गर्दै घर-व्यवहारको तनावलाई बिर्सिदै गइरहेका थियौं । दुई-तीन घण्टाको यात्रापछि सुन्दर हरियो पहाड र जङ्गलले हामीलाई स्वागत गरिरहेको ठाउँमा पुग्यौँ ।

उन्मत्त भैरहव

“म काठमाडौंमा जन्मेँ, हुर्के र बढैँ । मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको, हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो । …
उहाँ अमेरिकामा उच्च शिक्षाका लागि जानु भएको छ । मैले आफ्ना सबै गहना बेचेर पनि नपुगेको पैसा अरुसँग सापट मागी उहाँलाई पढ्न पठाएकी थिएँ । हुन त दुई वर्षा लागि जानु भएको हो, तर दश वर्षभयो र्फकनु भएको छैन । म एक किसिमले स्वतन्त्र पंक्षीजस्तै छु । जीवनका महत्वपूर्ण क्षणहरू एक्लै बिताउनु मेरो बाध्यता हो ।”