वि.सं. २००४ सालमा काठमाडौँको गौशालामा जन्मनुभएका ज्ञानुवाकर पौडेलको अन्य विधामार्फत् साहित्यमा प्रवेश ज्ञानेश कान्तिपुरेका नामबाट वि.सं. २०३० मा भए पनि, गजलमा प्रवेश चाहिँ २०३५ साल असारमा अभिव्यक्तिमा प्रकाशित छ शेरको गजलबाट भएको हो ।
उहाँ नेपालको पूर्वी सीमापारि बस्नुहुन्छ तर पनि यहीँ हामीमाझ नै भइरहेझैँ लाग्छ । नेपाली साहित्यमा कलम चलाएर वारि-पारि गर्दागर्दै उहाँ दुवैतिरको अतिप्यारो साहित्यकार बन्नुभएको छ ।