शारदा शर्मा
कर्णालीको चेतना
बड्कीमा गजबहादुर शाहीकहाँको कार्यक्रम सकेर उत्तरतर्फ तेर्सै-तेर्सै ओरालो लाग्यौं हामी । मैले आफ्नो झोला आफैं बोकें । बेलुकीको स्याँठ निकै चिसो थियो । तल कणर्ाली नदीमा पुगेर नयाँ काठको पुल तर्र्यौं हामीले । खोलामा काठका थुप्रै चिटिक्क परेका पहेंला खटहरू अड्किरहेका देखिन्थे किनारतिर, सोद्धा थाहा भयो- अलि हुने खाने मान्छे मर्दा बोकेर लानु सट्टा यस्ता खटमा लास हाली खोलामा बगाएर पोल्ने घाटसम्म पुर्याउने चलन हुँदो रहेछ । जेमा पनि काठको प्रयोग हुने रहेछ यतातिर- घरका छानासम्म पनि सब काठैका देखिन्थे ।
सौन्दर्यमा शरीर
सौन्दर्य र पहिरनप्रति निकै सचेत अञ्जली सेनले बढ्दै गइरहेको उमेरले ल्याउने शिथिलता र बुढ्यौलीलाई लक्ष्य गरेर प्रायः आफ्ना अनुभवहरू सुनाइरहन्थिन्, मेन्टेनेन्स कस्ट निकै बढ्दै गइरहेछ अचेल शरीरको । पहिला जे कुरा यसै यत्तिकै प्राकृतिक रूपमै प्राप्त हुन्थ्यो, त्यसैलाई जोगाउन वा जोगिएको देखाउन मात्र पनि अनेक साधन-प्रसाधनहरू जुटाउनुपर्छ अचेल ! त्यसभन्दा पनि बढी तिनको नियमित उपयोग निम्ति जाँगर जुटाउन साह्रै कठिन छ ।
