भाषाले एकअर्काको मनोभाव र आवश्यकतातर्फ सङ्केत गर्दछ । ध्वनि, शब्द र भावको सम्मिश्रणबाट भाषाको निर्माण हुन्छ । भाषाको प्रष्फुटन प्राणी जीवनमा जन्मदेखि नै उच्चारण हुन थाल्छ र विस्तारैबिस्तार विकासको उपयोगितामा परिवर्तित भई संसारसामु सुखद चिनारी बनाउन सफल सिद्ध हुन्छ ।