Skip to content

बिनोद खड्का

समवेदना

बाहिर एकनासले पानी परिरहेको थियो । बाउलाई अस्पतालमा भर्ना गरेर निक्लेको थियो उ । अस्पतालले तुरुन्तै अप्रेशन गर्नु पर्छ भनेको छ । उसको बाउ एउटा सामान्य जागिरे हुन । उ जागिरे बाउको भविष्यको संरक्षक तर हाललाई देशका थुप्रै अरु युवाहरु जस्तै एउटा शिक्षित बेरोजगार ।

परम्परा

आज हाकिम दिक्क थियो। तैपनि घर छिर्ने बित्तिकै उसले श्रीमतीलाई एक पेग स्कच ह्विस्की र सुकुटीको सित्तन तयार गर्ने अर्डर गर्यो। श्रीमतीले पनि तुरुन्तै तयार गरीदिई। तर उसकी श्रीमतीलाई अचम्म लाग्यो किन कि आज हाकिम दिक्क थियो र पहिलोपल्ट घर आउने बित्तिकै रक्सी पिउन चाहेको थियो। कुरालाई मनमा गुम्साउनु उपयुक्त नहुने ठानेर उसले सोधी हाली। हाकिम पनि आफ्नी श्रीमतीलाई कुनै कुरा लुकाउदैन।

तोपकाजी

उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैशा हुदैनथियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि कसैले सुन्दा पनि सुन्दैन थिए । राम्रै कामका लागी उधारो वा श्रृण मागे पनि मान्छेहरु उसलाई ठग भन्दाहुन जस्तो लाग्थ्यो उसलाई । बाउले दिएको स्कुल फि र गाउलेको कुखुरा हाँस चोरेर जम्मा गरेको पैशाले जसोतसो अलिअलि पिउन र अलिअलि खेल्नलाई धान्थ्यो ।

कस्तो सून्दर पृथ्वी हाम्रो

प्रभातको पहिलो फेरो
लाली आकाश पूर्वमा
अहाँ लहलह पालुवा
सलबलायो धरतीमा
न्याना मीठा किरणहरु
मोती टल्किदा सीतलहरहरु
प्रकृतीका वरदान महान
रमाईरहुँ झै मीठा रहरहरु
हरियालीले बिहानी राम्रो
कस्तो सून्दर पृथ्वी हाम्रो ।

बिहानीको प्रतिक्षामा

बिहानीको प्रतिक्षामा
कैयौ हजुरबाहरु बितिसकेछन
यात्राका जंघारहरु तर्दातर्दै
कैयौ रातहरु छिप्पिसकेछन
न यात्रा टुंगिएको छ
न बिहानी भएको छ ।

असाध्यै डर लागिरहेको छ

लुछालुछ खोसाखोस र तानातानले
चोली अझै च्यातिदै गएकॊ छ
फाटेको चोली फेरी दिन्छु भन्ने छोरो
भीडभित्रै खोई कता पो हराईरहेको छ
पीडामा मल्हम लगाउने कुरा गर्ने छोरो
आज भोली साँढा पल्टेको छ
यता ठग्दैछ उता ठग्दैछ
मानौ यस्तो लाग्दैछ ठगीकै खेती गर्दैछ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ ।